टोकियो । जापानको टोकियोमा डिसेम्बर १ तारिख उपचारको क्रममा, निधन भएका, सुदुरपश्चिम डडेलधुराका सुरज मल्लको अन्तिम संस्कार तथा उनका परिवारका लागि आह्वान गरिएको सहयोगमा १० लाख ७० हजार ८ सय ७ येन रकम संकलन भएको छ ।

दाहसंस्कार तथा आफन्तको हवाई खर्चहरुबाट बचत रकम, केहि मृतकका बुबा नेपाल फर्किदा लिएर गएको र बाँकी रकम पठाउने तयारी गरिएको सुदुर पश्चिम समाज जापानले जनाएको छ ।
समाजले दिएको जानकारीका अनुसार, दाहसंस्कारका लागि २ लाख ४० हजार येन तथा हवाई टिकटको लागि ७१ हजार ५ सय येन खर्च भएको थियो । साथै मृतकका बुवा नेपाल फर्किदा ४ लाख ७३ हजार येन लिएर गएका छन् । यि सबै खर्चहरु कटाएर बाँकी रहेको रकम चाँडै नै नेपाल पठाउने तयारी भईरहेको छ । हाल सम्म, संकलन भएका रकमहरुको विवरण यस प्रकार रहेको छ ।

यसका अलवा, बेलौरी वासीहरुको तर्फबाट ५३ हजार येनका साथै गोरखा समाज तथा धादिङ् समाज जापानले अरु भन्दा अलि ढिला गरि,१० /१० हजार जापानी येन सहयोग गरेको जानकारी दिईएको छ । यसका साथै, सहयोग गर्नुभएको तर यहाँ नाम छुट्नुभएको कोहि हुनुहुन्छ भने, जानकारी गराउनका लागि पनि समाजले आग्रह गरेको छ ।

यस दुखद घडीमा प्रत्यक्ष अप्रत्यक्ष विभिन्न तवरबाट सहयोग गर्नु हुने एनआरएनए जापान,विभिन्न संघ-संस्थाका पदाधिकारीहरु लगायत सम्पुर्ण सहयोगी ब्याक्तित्वहरूमा सुदुर पश्चिमेली समाज जापानले हार्दिक धन्यवाद ज्ञापन पनि गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार