{"effects_tried":0,"photos_added":0,"origin":"gallery","total_effects_actions":0,"remix_data":[],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"total_editor_time":88,"brushes_used":0,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1577237414753","total_effects_time":0,"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1577237414772","sources":["285162477021211"],"layers_used":0,"width":1242,"height":653,"subsource":"done_button"}

टोकियो । यो वर्ष जापानमा जन्मदर हाल सम्मकै सबैभन्दा न्युन रहेको प्रक्षेपण गरिएको छ ।

यो वर्ष पनि, जापानीहरु बच्चा जन्माउन पहिले भन्दा अझ, उदासिन देखिएका छन् । त्यसो त जापानमा पछिल्ला वर्षहरुमा जन्मदर निरन्तर घटिरहेको छ । जसले गर्दा देशमा मानव संशाधन निरन्तर घट्दो गतिमा छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा ५.९% प्रतिशतले गिरावट आएको अनुमान गरिएको छ । यस वर्ष, सन १८९९ देखि सरकारले आधिकारिक तथ्यांक्क राख्न थाले यता कै सबैभन्दा धेरै घटेको बताईएको छ ।

पछिल्ला पटक प्राप्त तथ्यांक्कहरुका अनुसार, यो वर्षको हाल सम्म, ८ लाख ६५ हजार बच्चाहरुको जन्म भएको छ । यो संख्या अघिल्लो वर्ष ९ लाख १८ हजार ४ सय रहेको थियो ।
जापानमा,एकातिर हरेक वर्ष जन्मदर घटिरहेको छ भने अर्कोतिर वृद्दवृद्दाहरुको संख्या बढ्दै गएको छ । यसले निरन्तर मानव संशासाधन घट्दै गएको छ । जसका कारण विदेशी दक्ष तथा अदक्ष श्रम शक्ति भित्राउनुको विकल्प छैन ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार