आषाढ़ १६

 

जापानमा भएको नेपाली युवाहरुलाई खेल मार्फ़त मनोरंजन लिदै एकता गराउन आयोजना गरिने गोर्खाली रनिङ कपको तेश्रो संस्करण यहि जुलाई तिस तारिक हाचियोजिमा हुने आयोजक टोकियो ब्रर्दशले जानकारी दिएको छ ।

प्रतियोगितामा जापानका सबै नेपालि युवाहरुलाई सहभागिताको लागि आयोजक टोकियो ब्रर्दरले अनुरोध गरेको छ । प्रतियोगिताको प्रथम हुन सफल टिमले दुई लाख बाईस हजार दुई सय बाईस रुपैयॉ प्रदान गरिने भएको छ । त्यस्तै दोश्रो हुने टोलिले  एक लाख एधार हजार एक सय एधार रुपैयॉ प्रदान गरिने भएको छ ।

प्रतियोगिताभर उत्कूष्ट खेलाडि, गोलकीपर, रक्षक र उच्च गोलकर्ता खेलाडीहरुलाई जनहि पॉच हजारको दरले पुरस्कृत गरिने क्लबका अध्यक्ष सचिन श्रेष्ठता जानकारीदिनु भयो ।

उहॉले सबै युवा तथा खेलाडीहरुले प्रतियोगितामा सहभागि भई प्रतियोगिता सफल बनाई दिन आयोजकले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार