टोकियो । जापानमा बसोबास गर्ने गैरे बन्धुहरुको संस्था गैरे सेवा समाज जापानको चौथो अधिबेशन सम्पन्न भएको छ ।

जनवरी १४ तारिखका दिन चिवाकेनको ताजमहल रेष्टुरेन्टमा सम्पन्न अधिबेशनले डिला गैरेको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ ।समितीको बरिष्ठ उपाध्यक्षमा भुम प्रसाद गैरे, उपाध्यक्षमा भिम प्रसाद गैरे, तारा प्रसाद गैरे, देवीलाल गैरे महासचिब श्यामलाल गैरे सचिवहरु गोविन्द प्रसाद गैरे, राम प्रसाद गैरे, भवनाथ गैरे, सहसचिव धर्मराज गैरे कोषाध्यक्षमा चेतराम गैरे, सहकोषाध्यक्ष लक्ष्मण गैरे र जिवन गैरे साथै युवा संयोजक मिलन गैरे महिला संयोजक गिता गैरे रहेका छन ।
समितीको सदस्यहरुमा नन्दकलि गैरे, प्रकाश गैरे, रुपक गैरे, विनोद गैरे, डिलाराम गैरे, रेशम गैरे, तेजेन्द्र गैरे, खिमानन्द गैरे र तिलक गैरे रहेका छन ।

अधिबेशन गैरे सेवा समाज जापानका अध्यक्ष दिलिप गैरेको सभापतित्व बरिष्ठ उपाध्यक्ष डिलाराम गैरेको स्वागत मन्तव्य र सहसचिब श्यामलाल गैरेको संचालनमा सम्पन्न भएको थियो । सचिब भिमप्रसाद गैरेद्धारा सस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको अधिबेशमा संस्थाका संरक्षक झम्पलाल गैरे , संस्थापक अध्यक्ष आत्माराम गैरे र निबर्तमान अध्यक्ष टंक गैरे ले शुभकामना दिएका थिए ।अधिबेशनमा भ्रमणको शिलशिलामा जापानमा आउनुभएका ३ जना बुबाहरू र ४ जना आमाहरूलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार