{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1582368666238","total_editor_time":35,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1582368666170","total_effects_time":0,"brushes_used":0,"height":1819,"layers_used":0,"width":3464,"subsource":"done_button"}

टोकियो । चितवन समाज जापानले, जापानमा क्रियाशिल नेपाली संस्थाहरुसंग छलफल तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

चितवान समाज जापानका अध्यक्ष राजन कुमार श्रेष्ठका  अनुसार, छलफलमा – सामूहिक हितका सामाजिक कार्यहरुमा सहकार्यको वातावरण निर्माण गराउने उदेश्य सहित कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा सल्लाह, सुझाव संकलन गरिनेछ ।

श्रेष्ठ भन्छन् –  थाह भएकै कुरा हो मुलुक बाहिर रहने नेपालीहरुले  विदेशमा  रहेर पनि देशको विकास निर्माणमा निरन्तर सहयोग गरिरहेका छन् । आवश्यक  पर्दा सहयोग गर्ने संघ संस्थाहरुका बारेमा पछिल्लो केहि समय यता केहि नकारात्मक बनेको होकि भन्ने भान हुने गरेको छ । यस्ता नकारात्मक सोचलाई चिर्दै अगाडी बढन संस्थाहरु विच भेंटघाट, छलफल र सहकार्य गर्दै अगाडी बढन एनआरएन जापानको सहयोग,नेपाल पत्रकार महासंघ जापानको संयोजनमा संघ/ संस्थाका अध्यक्ष तथा अगुवाहरुलाई यस चियापान सहितको छलफल कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेका हौँ  ।यसैविच चितवनको भरतपुर महानगरपालिकामा धुर्मस सुन्तलि फाउन्डेसन द्वारा निर्माणाधिन”गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला” चितवन जिल्लाको मात्र नभई देशकै राष्ट्रीय गौरबको परियोजना हो भन्ने महशुस गरी जापानबाट हामिले पनि सहयोग गर्ने उद्देश्यले जापानमा क्रियाशिल संस्थाहरूसंग सहयोगको अपेक्षा गर्दै सुझावको सहितको चियापान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम
मिति : २०२०-२-२३ तारीख आईतबार
समय : दिनको १२:०० बजेदेखि २:००बजे सम्म
स्थान : सोलमारी मुरा हल,सिनओकुबो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार