{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307625","source":"other","origin":"gallery","sources":["324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307630"}

जापानमा फेरि अर्का एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
खानागावा केनमा विगत १० वर्षभन्दा लामो समयदेखि बस्दै आएका अर्याल थरका  ४८ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । केहि दिन अघि ज्वरो तथा रुघा /खोकी देखापरेपछि अस्पत्ताल पुगेका उनलाई कोरोनाको परिक्षण गर्दा, कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई ३ दिन अघिनै संक्रमण पुष्टि भएता पनि, बुधबार बिहान,एनआरएनए जापान कोरोना संक्रमण सहयोग संयन्त्रकी संयोजकलाई आफैले फोन सम्पर्क गरि जानकारी गराएपछि घटना बाहिर आएको हो ।
स्रोतका अनुसार, उनको अवस्था सामान्य नै रहेकाले घरमै बसेर बसेर औषधी सेवन तथा आरम गर्न सुझाईएको छ । सोहि अनुरुप, उनि हाल आफ्नै निवासमा आरम गरिरहेको जानकारीमा आएको छ । खानागावा  केनमै रहँदै  आउनुभएका एनआरएनए जापानको अध्यक्ष देविलाल भण्डारीका अनुसार, यसरी घरमै  बस्दा अरुमा पनि संक्रमण खतरा रहने र आवश्यक उपचार पनि नहुने भएकाले हस्पिटलमै भर्ना गराउनका लागि पहल भईरहेको छ ।
परिवारसंगै बस्दै आएका उनको परिवारका अन्य सदस्यमा भने, हालसम्म संक्रमण नदेखिएको जनाईएको छ ।
यसबारे, राजदूतावासले पनि पुष्टि गरिसकेको छ ।

यो संगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ४ जना पुगेको छ भने १ जना निको भई घर फर्किसकेकि छिन् ।

++++
जापानमा बुधबार २ सय २२ जनामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएको छ । यो संगै जापानमा आन्तरिक संक्रमितको संख्या १३ हजार ९ सय ४४ जना पुगेको छ । डायनामिक क्रुजका संक्रमित यात्री सहि जोड्दा १४ हजार ६ सय ५६ जना पुगेको छ । संक्रमित मध्ये ४ हजार ८ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ४ सय ४८ जनाको निधन भएको छ ।
++++++
कोरोना भाइरस महामारीका कारण गर्नको लामो समय देखि बन्द गरिएको विद्यालयहरु, आगमी सेप्टेम्बरबाट खुल्ने संकेत देखिएको छ । प्रधानमन्त्री शिन्जो आबेले शैक्षिक सत्र सेप्टेम्बरबाट सुरु गर्नेबारे विचार गरिरहेको खबर जापानी संचारमाध्यमहरुमा प्रकाशित छ।सामान्य अवस्थामा जापानमा शैक्षिक सत्र अप्रिल महिनाबाट सुरु हुने गरेको थियो । तर यस पटक अधिकांश विद्यालयहरु फेब्रुअरी महिनादेखि नै बन्द रहेका छन् ।
++++++
कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा, जापानका विभिन्न सेवा प्रदायक कम्पनीहरुले आफ्ना विविध सेवाहरु कटौती गर्दै आएका छन् । यसै क्रममा, जापानको मुख्य ३ मध्ये एक कन्भिनियन्स स्टोर चेन,लसनले कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यनिकरण गर्नको लागि जापानभर संचालनमा रहेका आफ्ना स्टोरहरुका शौचालय बन्द गर्ने निर्णय गरेको छ । यसका साथै लसनले फोहोर फाल्ने भाँडाहरु पनि केहि समयका लागि नराख्ने भएको छ ।
फोहोर सफा गर्दा, कर्मचारीहरुमा संक्रमण बढ्न सक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।
+++++++
जापानमा कोरोना संक्रमणको मारमा, रोजगारी गुमाउनेहरुको संख्यामा पनि वृ्द्दी हुँदै गएकोछ । जापानको श्रम मन्त्रालयले जनाएँ अनुसार, जापानभर जनवरी महिनाको अन्तिमबाट यही २७, अप्रिलसम्ममा करिब ३,३९१ जनाले काम आफ्नो गुमाएका छन् ।यसरी काम गुमाउनेहरु जापानी तथा विदेशी कामदारहरु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार