{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591575255814","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591575255810","source":"other","origin":"gallery"}

टोकियो ।झापा घर भै जापानको तोचिकि केनमा पौडि खेल्नेक्रममा खोला डुबेर निधन भएका  विवेक सापकोटाको परिवारलाई आर्थिक सहयोग पठाईने भएको छ । जापानमा रहेका नेपाली संघसंस्थाहरु तथा  तोचिगी केनमा रहेका नेपालीहरुको पहलमा सहयोग रकम संकलन् भएको हो ।

सापकोटाको ,गत बिहिबार जापानमा नै दाहसंस्कार सम्पन्न भईसकेको छ ।झापा समाज जापानका अध्यक्ष तुल्सी पाठकको जानकारी अनुसार कुल २५ लाख ३३ हजार ८ सय ३ येनमध्ये दाहसंस्कारका लागि खर्च भएर बचेको २२ लाख ६२ हजार १ सय ३ येन नेपाल पठाईन लाागेको हो ।

झापा समाज जापानले,अंन्तिम संस्कारको कार्यका लागि अहोरात्र खटनु हुने तोचिगी केनका शंकर केसी, भुवन हुमागाई, सुबाश जंग प्रसाई तथा मृतक  विवेक सापकोटाका साथिहरु एवं  दाहसंस्कारका  लागि आर्थिक सहयोग गर्नुहुने सामाजिक संघ संस्था ,राजादुताबास तथा सम्पूर्ण ब्यक्तिहरुमा हार्दिक धन्यवाद  व्यक्त गरेको छ ।

नेपालमा रहेका मृतका परिवारका लागि पठाउने रकम मध्ये ९ लाख जापानी येन भने ६ तारिख नै पठाईसकिएको छ ।

पौडि खेल्दा मृत्यु भएका सापकोटाको जापानमा नै दाहसंस्कार सम्पन्न

 

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार