{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592108867600","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592108867597","source":"other","origin":"unknown"}

टोकियो । जापानको मिए केनको योक्खाईचीमा आईतबार विहान गाडीको ठक्करबाट पोखरा १६ अर्मलाकी सुजिता बास्तोलाको निधन भएको छ ।

उनि ६ महिना अघि मात्रै श्रीमानको डिपेन्डेन्ट भिसामा जापान आएकी थिईन ।एनआरएनए जापानका सचिब बिष्णु प्रसाद घिमिरे , घटना घटेको जानकारी पाए लगतै हस्पिटलमा पूगी आवश्यक सहयोगमा जुटेका थिए । घिमिरेका अनुसार परिवारसग सल्लाहगरी थप कदम चालिने छ । सहयोगका लागि काम शुरु भएको बताउनु भएको छ ।

कास्की पोखरा समाजले, यस घटना पछि सहयोगमा जुटेका एनआएनए सचिव घिमिरे तथा उपध्यक्ष दिपक कार्की लगायत समग्र एनआरएन जापानलाई धन्यबाद सहित सबैमा आभार ब्यक्त गरेको छ ।

स्मारण रहोस एक बर्ष अघि ममता तामाङको पनि सोहि सहरमा, सडक दूर्धटनामा परि मृत्यु भएको थियो ।

( यस अघिका यहि, समाचारमा आईचीकेन लेखिएको प्रति भूल सुधार गर्दछौँ)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार