
टोकियो । गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले छैठौ भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको छ।नेपाली नया बर्ष र क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष गर्दै आईरहेको भलिबल प्रतियोगिता विश्वभरी फैलिईरहेको कोरोना भाईरसका कारण स्थगित भएको थियो।
क्लवका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा संरक्षक गिरी प्रसाद शेरचन,रत्नसिंह बस्नेत तथा सल्लाहकारहरु बेलुकाजी थापा(संयोजक अन्तराष्ट्रीय गल्कोट समाज समेत)रामकृष्ण बम मल्ल,बिजय भण्डारी,चन्द्र बहादुर खत्री र बहुसंख्यक कार्यसमिति सदस्य उपस्थिति बैठकले भलिबल प्रतियोगितालाई निरन्तरता दिने निर्णय गरेको हो।प्रतियोगिता सेप्टेम्बर २ तारिक बुधबारका दिन साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा सम्पन्न हुने क्लवका महासचिव दुर्गाबहादुर खत्रीले जानकारी दिए।
प्रतियोगिताको तयारी तथा ब्यबस्थापनका लागि क्लवका अध्यक्ष लक्ष्मण कार्की संयोजक रहने गरी मुलआयोजक समिति साथै बिभिन्न उपसमिति गठन गरी कार्यबिभाजन समेत गरिएको र कार्यबिभाजन निम्नानुसार रहेको समेत क्लवले जानकारी दिएको छ।
मुलआयोजक संयोजक : लक्ष्मण कार्की
आर्थिक संयोजक : बु्द्व बस्नेत
प्रचार प्रसार संयोजक: हिमाल कडेल
हल ब्यवस्थापन संयोजक : दुर्गा बहादुर खत्री
स्वयंसेवक संयोजक: दिनेश थापा
खेलाडी संयोजक: अम्मर भण्डारी
खाना/पानी ब्यवस्थापन संयोजक: प्रकाश निउरे
अतिथी ब्यवस्थापन संयोजक: कृष्ण गौतम
रेफ्री/एम्पाएर एवं खेल सामग्री संयोजक: देवेन्द्र खत्री
हल निरिक्षण संयोजक: जिवन गैरे रहनु भएको छ।
प्रतियोगितामा सहभागी हुने टीमलाई प्रवेश शुल्क जापानी यन चालीस हजार तोकेको छ भने पुरस्कार राशी क्रमश प्रथम तीन लाख यन नगद प्रमाण पत्र,मेडल र सिल्भर कप तथा द्वितीय पुरस्कार दुईलाख यन नगद प्रमाण पत्र,मेडल साथै छ छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार द्वारा सम्मान गर्ने पनि क्लवले घोषणा गरेको छ।
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद”भन्ने मुल नाराका साथ सन् २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लव टोकियोले प्रतियोगिताबाट भएको आम्दानी बाट नेपालमा खेलक्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।गल्कोट स्पोर्ट्स क्लव टोकियो नेपालको राष्ट्रीय खेल भलिबललाई जापानमा निरन्तर छैठौं पटक आयोजना गर्ने एकमात्र नेपाली संस्था हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




