टोकियो/जापान । कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न भरमग्दुर प्रयास गरिरहेको जापानले अन्तत:नेपालबाट समेत प्रवेश प्रतिबन्ध लगाउने भएको छ । कानून मन्त्रालयले आफ्नो वेवसाइटमा बुधबार एक सूचना प्रकाशित गरि प्रतिवन्ध लागेका देशहरुको सूचिमा नेपाल समेत थप गरेपछि, जापान आउन पाउने दिनको प्रतिक्षामा रहेका सयौँ नेपालीहरु प्रत्यक्ष प्रभावित हुनेभएका छन् ।
मंगलबार,मात्र नेपाल सहित विभिन्न १७ देश तथा क्षेत्रहरुमा यात्रा नगर्न आफ्ना नागरिकहरुलाई यात्रा चेतावनी जारी गरेको जापानले बुधबार सो निर्णय गरेको हो । औपचारिकरुपमा २४ तारिखबाट प्रतिबन्ध जारी गरिने भएता पनि, यस अघिनै अघोषितरुपमा प्रतिबन्धको अवस्था छ ।
नेपालमा रहेका जापान आउन चाहने सयौँ विद्यार्थी तथा विभिन्न कम्पनीमा कार्यरत व्यक्तिहरु तत्काल जापान आउन चाहेतापनि नेपालस्थित जापानी दुतावासले नेपालमा कोरोना संक्रमण बढेको भन्दै प्रवेश अनुमति नदिएपछि नेपालमा रोकिएका थिए ।
झिनो आशा लिएर जापान प्रवेश गर्ने दिन कुरेर वेसेका सयौँ नेपालीहरुलाई यो निर्णयले ठूलो असर पारेको छ ।
जापानमा बुधबार एकैदिन ७९५ जनामा कोरोना संक्रमण, हालसम्मकै उच्च जोखिम
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




