टोकियो । कोभिड-१९ को प्रभाव विश्वभरी नै परिरहेको छ । यतिखेर विश्वको अर्थतन्त्रसंगै मानिसहरुको दैनिकी नै लथालिंग भएको छ । यो विकराल समस्याबाट जापान पनि अछुतो रहन सकेन । जसको प्रत्यक् षप्रभाव सबै क्षेत्रमा परिरहेको छ । त्यसमा पनि जापानमा अध्यायन गरि भविष्य खोज्दै गरेका विदेशी विद्यार्थीहरु अझ दोहोरो मारमा परिरहेका छन् , एकातिर काम गुमेकाले अर्थोपार्जन हुनसकेको छैन भने अर्को तर्फ पढाई सकेपछि पनि भने जस्तो काम पाउन सकिरहेका छैनन् । र यहि अवस्था लम्बिए,अझै केहि समय कामको राम्रा अवसरहरु प्राप्त गर्न सजिलो हुनेछैन ।
यसै विच, जापानलाई आफ्नो उच्च अध्यायन क्षेत्र बनाएर जापान आएका नेपाली विध्यार्थीहरूको लागि भाषा अध्ययन सकिए पछि उच्च शिक्षाको लागि आउन सक्ने समस्या , लिनुपर्ने जानकारी र गर्नुपर्ने पूर्वतयारीहरु संगै ,आगामि पढाईलाई कसरी फलदायिक बनाउन सकिन्छ भन्ने विभिन्न विषयहरूमा जानकारी गराउने उदेश्यले एनआरएनए कान्तो क्षेत्रले “TALK SHOW WITH SENPAI “ यानेकि ‘अग्रजहरूसंगको छलफल’नामक अनलाईन सेमिनार आयोजना गर्ने भएको छ ।
कोभिड-१९ संक्रमणको यो विषम परिस्थितिमा पढाईमा ध्यान दिनुपर्ने कुराहरु तथा पढाई सकिए पछि कामको बारे लिनुपर्ने जानकारीहरुबारे उक्त सेमिनारमा अग्रजहरुको अनुभव र ज्ञानलाई प्रत्यक्ष प्रस्तुत गरिने छ । आयोजक संस्था एनआरएनए जापान कान्तो क्षेत्रका सह-सचिव एवं यस सेमिनार संयोजक नेत्र पान्डेयका अनुसार जापानमा अध्यायन गरी,लिभिन्न पेशा व्यवसायमा आवद्द रहनुभई सम्बन्धित क्षेत्रमा आफ्नो पहिचान बनाउ सफल व्यक्तित्वहरुले आफ्नो अनुभव तथा ज्ञानको आधारमा मार्गदर्शन गराउनुहुनेछ ।
सो, अनलाईन सेमिनारमा होटल,टुरिजम , खाईगो , बिजनेस ,आईटि लगायताका जापानमा अधिक अवसर रहेका सबै विषयहरूमा जानकारी लिन सकिने छ ।
कार्यक्रम, आउँदो अगस्ट महिनाको २३ तथा ३० तारिख साझ ७ बजेबाट ८:१५ बजेसम्म आयोजना गरिनेछ । अनलाईन भिडियो कनेफ्रेन्समार्फत गरिने उक्त कार्यक्रमलाई जापानका विभिन्न मिडियाहरुबाट पनि प्रत्यक्ष प्रसारण गरिने छ । सेमिनारका वक्ताहरु तथा सहभागी हुने प्रकृयाबारे केहि दिनभित्र आधिकारिक जानकारी प्रस्तुत गरिने छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




