
टोकियो । जापानबाट तत्काल नेपाल जानुपर्ने अवस्थामा रहेका २६५ जना नेपालीहरु आज नेपाल प्रस्थान गरेका छन् ।
विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल लैजाने योजना बमोजिम आज अगस्त ०४ तारिख नेपाल वायुसेवा निगमको चार्टर उडानबाट उनिहरुलाई नेपाल लगिएको हो ।

सोहि फ्लाईटमा जापानको नेपाल दुतावास उपनियोग प्रमुखको जिम्मेवारीमा ४ वर्ष सेवा गरेका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल पनि आफ्नो कार्यकाल पुरा गरि स्वदेश फर्किएका छन् ।

आज विहान ७ बजे आईपुगेको नेपाल वायुसेवा निगमको जहाजमा नेपालबाट जापान स्थित राजदूतावासका नयाँ उपनियोग प्रमुखु अम्बिका प्रसाद जोशी लगायत अन्य २८ जना यात्रुहरु जापान आईपुगेका छन् ।

यसका साथै यस अघि जस्तै यस पटकको उडानमा पनि तत्काल नेपाल नपाठाई नहुने अवस्थाका महत्वपूर्ण कागजात तथा राष्ट्रीय आविष्कार केन्द्रका केहि सामग्रीहरु पनि नेपाल पठाईएको छ । यस पटकको उडानमा पनि गैरआवासीय नेपाली संघ जापानका पदाधिकारीहरुले विमानस्थलमै पुगी व्यवस्थापनमा सहयोग गरेका थिए । एसिया प्यासिफिक युवा संयोजक दिपक कंडेल उपाध्यक्ष नबिन निउरे प्रवक्ता सिद्धार्थ श्रेष्ठ तथा महिला संयोजक संगिता अधिकारी लगायतका एनआरएनए पदाधिकारीहरु विमानस्थलसम्म पुगी सेवामा खटेका थिए ।
अब, जापानबाट नेपाल जाने अर्को फ्लाईट यहि अगस्ट १० तारिखका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




