टोकियो । जापानमा गुरुङ भाषाको चलचित्र ‘मनको बाबरी’ प्रदर्शन हुने  ।
गुरुङ फिल्म्स एसोसियन जापानले गुरुङ भाषाको नयाँ चलचित्र ‘मनको बाबरी’ जापानमा प्रदर्शन गर्ने भएको छ । ‘मनको बाबरी’ प्रदर्शनमा चलचित्रका निर्देशक माओत्से गुरुङको उपस्थिति रहने जनाइएको छ । माओत्से गुरुङ गुरुङ चलचित्र क्षेत्रका स्थापित निर्देशक तथा लेखक हुन भने उनले अभिनय गरेका चलचित्र कबड्डी-कबड्डी, पुरानो डुंगा लोकप्रिय छन ।

डीबी गुरुङ, सिता गुरुङ, सोनी गुरुङ , राजेन्द्र थापा गमन घले,एन्सराज गुरुङ लगायतको अभिनय रहेको चलचित्रका निर्देशक तथा लेखक माओत्से गुरुङ हुन । यहि सेप्टेम्बर  २४ तारिक, आइतबार कुन्मिन सेन्टर टोकियोमा प्रदर्शन हुने गुरुङ फिल्म्स एसोसियन जापानका अध्यक्ष ओम प्रकाश गुरुगंले नेपाल जापान डट कम लाई जानकारी दिए ।

समाचार सौजन्य : कृष्ण अधिकारी(नेपाल जापान डटकम )


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार