फुकुओका/जापान । दशककै शक्तिशाली अनुमान गरिएको ताईफु १० (हाईशेन)का कारण जापानको क्युसु क्षेत्रका १ हजार सेभेन ईलेवेन स्टोरहरु बन्द हुने भएको छ ।

जापानको ठूलो मध्ये एक कन्विनियन्स स्टोर सेभेन ईलेवेन ५ तारिख पछि क्युसुको फ़ुकुओका,कुमामोतो,ओईता,खागोसिमा,मियाजाकी,नागासाकी तथा सागा केनको करिब १ हजार पसलहरुको संचालन समय घटाउने वा बन्द गर्ने भएको छ ।कहिलेसम्म बन्दगर्ने भन्नेबारे ताईफुको प्रभाव अनुसार सम्बन्धित स्टोरहरुले निर्णय गर्ने कम्पनीले जनाएको छ ।

सेभेन इलेभेनसंगै अन्य कम्पनीहरुले पनि यसप्रकारको निर्णय गर्ने बताईएको छ ।

दक्षिण पश्चिम जापानमा विध्वंशकारी ताईफुको चेतावानी, पूर्वतयारी गर्नका लागि अनुरोध


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार