टोकियो/जापान । सेप्टेम्बर २४ तारिख बिहिबार जापानभर ४८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलना बढेको हो ।

बिहिबार टोकियोमा १९५ जना,ओसाकामा ६६ जना,खानागावा केनमा ५८ जना,आईची केनमा ३४ जना,चिबा केनमा २६ जना, साईतामा केनमा २१ जना,होक्काईदोमा ११ जना,मियागी केनमा ८ जना,फुकुसिमा केनमा ४ जना,ईबाराकी केनमा १ जना, तोचिगी केनमा ३ जना,गुन्मा केनमा ४ जना,निईगाता केनमा ३ जना,ईसिखावा केनमा २ जना,गिफु केनमा ३ जना,मिए केनमा १ जना,सिगा केनमा २ जना,क्योउतोमा ५ जना,ह्योगो केनमा ९ जना,सिमाने केनमा २ जना,हिरोशिमा केनमा ३ जना,फुकुओका केनमा ५ जना,कुमामोतो केनमा १ जना,खागोसिमा केनमा ४ जना, ओकिनवा केनमा ६ जना र एयरपोर्ट क्वारेन्टाईनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबार जापानको ४७ वटा २६ वटा प्रान्तहरुमा नयाँ संक्रमिहरु पुष्टि भएका हुन् ।जापानमा हालसम्म ८१ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७१ हजार ६ सय ९९ जनाले स्वास्थ्य लाभ गरेका छन् । संक्रमित मध्ये १५ सय ५० जनाको निधन भएको छ ।

बुधवार जापानभर २१९ जनामा मात्रै कोरोना संक्रमण, अवस्था सुधारोन्मुख

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार