टोकियो/जापान । जापानमा कोरोना भाईरस संक्रमणको समाचारहरु हेरेर मलाई र म आवद्द मिडियाको मेलबक्स र ईनबक्समा हरेक दिन जसो जिज्ञासा आउने गर्दछ कि, दैनिक यत्तिका व्यक्तिहरु संक्रमित हुँदा पनि साँच्चै कोहि नेपाली संक्रमित नभएकै हुन् त ? वहाँहरुलाई त मैले ईन्बक्समै जवाफ दिएको छु ।
आज फेरि कुनै मिडियीले साईतामा नेपालीलीई कोरोना संक्रमण भएको खबर प्रकाशित गरेको रहेछ। सायद त्यहि प्रसंगले होला अरुदिन भन्दा अझ बढी जिज्ञासाहरु आएका छन् । सबैको चासो भनेको नेपालीहरु संक्रमित छन् कि छैनन् ? छन् भने कुन एरियामा बस्ने मान्छे ? कसरी सरेको होला ? आदि
८४ हजार भन्दा बढी संक्रमित भईसकेको जापानमा यहाँ रहेका नेपालीहरु मात्रै संक्रमित हुनबाट जोगिने कुनै सम्भावना नै छैन । एकै वाक्यमा भन्ने हो भने औपचारिक रुपमा जानकारी प्राप्त गरि हामीले समाचारमा प्रकाशन गरेका ७ जना बाहेक पनि हालसम्म कम्तिमा ४० जनाभन्दा बढी नेपालीहरु जापानमा संक्रमित भईसकेका छन् । यद्यपी समाचारमा भने प्रकाशन भएको छैन । त्यसो त जापानमा संक्रमित व्यक्ति कसैको पनि व्यक्तिगत पहिचान खुलाईएको हुँदैन । सोधी/खोजी गरेपनि सम्बन्धित व्यक्तिले भन्दा बाहेक अरुलाई जानकारी गराईँदैन । व्यक्तिगत सुचनाको गोपनीयतामा निकै कडा प्रावधान छ यहाँ । संचारमाध्यमहरुमा आउने समाचार भनेको जापान सरकारको सम्बन्धित निकायले हरेकदिन प्रस्तुत गर्ने संख्यात्मक डाटा मात्रै हो । यस बाहेक कुन ठाउँमा ( होटल/रेस्टुरेन्ट/खाराओके/सार्वजनिक सवारी/हस्पिटल/विद्यालय/कम्पनी) संक्रमित भएका हुन् भन्ने कुरासम्म थाह हुनसक्छ । त्यसभन्दा बढी सुचना भनेको सम्बन्धित व्यक्तिले आफ्नो दूतावास या कृयाशील संघयंस्थाहरुमा साहयताका लागि अनुरोध गरेको खण्डमा मात्रै बाहिरिने हुन् । तर पछिल्ला दिन संक्रमण पुष्टि भएका नेपालीहरु कतिपय आफैँ उपचार प्रकृयामा जानसक्ने खालका थिए भने कतिपयले कसैलाई पनि नभनिदिन अनुरोध गरेका थिए । जसको कारण हामीले समाचारमा ठ्याक्कै यति जना संक्रमित भए भनि किटानका साथ प्रकाशन गर्न सकेका छैनौँ ।
हालसम्म अनौपचारिकरुपमा कतिपय संक्रमितहरुलाई हामीले नै जानकारी गराएर उपचार केन्द्रसम्म पुर्याएका छौँ । कतिपयलाई गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुको माध्यमबाट सहयोग गरी हस्पिटलसम्म पुग्ने वातावरण बनाएका छौँ ।
केहि संक्रमितहरु जसबारे अनौपचारिक जानकारी पाएर पनि समाचार बनेनन्
१.टोकियोको आशागय क्षेत्रमा कार्यरत एक महिला जो, उनको श्रीमानको कारण संक्रमित भईन् र केहि दिन घरमै आईसोलेसनमा बसेपछि उनि ठिक भईन् ।
२.टोकियोको ताकादानो बाबामा बस्ने केहि नेपालीहरु(३/४जना)मा संक्रमण देखियो, उनिहरुमध्ये २ ले हस्पिटलमा र केहिले घरमै आईसोलेसनमा बसी कोरोना जिते।
३.टोकियो कै सिनागावामा पनि अर्की एक महिला संक्रमित भईन् र केहि साता हस्पिटलमा उपाचार गरेपछि निको भईन् ।
४.केहिदिन अघि टोकियोमा नै श्रीमान/श्रीमती दुवैजनालाई कोरोना पोजिटिभ भएकाले नेपाल जान सकिएन, यहाँ पनि केहि काम छैन, कतैबाट साहयता पाउन सकिन्थ्यो कि भनेर,फोन आयो तर उनिहरुले पनि नाम ठेगाना, ठाउँ सबै गोप्य राख्न अनुरोध गरे । त्यसैले साहयताका मार्गहरु बतायौँ तर समाचार लेखेनौँ ।
५.केहिदिन अघि आईची केनको नागोय सहरमा बस्ने एकजोडीले केहि लक्षणहरु देखिएकाले पिसिआर टेस्ट गर्ने उपायबारे सोधे, र बातए अनुसार परिक्षण गर्दा पोजिटिभ देखियो, तर अवस्था सामान्य रहेकाले हस्पिटलले भर्ना लिएन, उनिहरु घरमै बसे र भनिए बमोजिमको औषधी सेवन गरे केहि दिनमा निको भए ।
६.केहि साता अघि साईतामा केन बस्ने एकजना चिनजानका नेपालील् फोन गरे, पछि थाह भयो उनलाई केहि समय अघि कोरोना संक्रमण पोजिटिभ देखिएको रहेछ । त्यसैले जापान सरकारले दिने सहयोग कसरी लिन सकिन्छ भनेर सोध्न खोजेका रहेछन् ।
यि त, केही उदाहरण मात्रै हुन्, हामी कहाँ यस्ता थुप्रै जानकारी आउने गर्दछन् । यसका अलवा एनआरएनए तथा विभिन्न जिल्लागत संघसंस्थाहरु समक्ष पुगेका अन्य थुप्रै व्यक्तिहरु छन् । जसले आफ्नो गोपनीयता कायम गरिदिन अनुरोध गर्दछन् ।
संचारमाध्यमले थाह पाएको कुरा त समाचारमा आउनुपर्ने होईन र ?
हो, तर यो कुनै देश द्रोह या सामाजिक तथा कानुनी अपराधका घटना होईनन्,यो नितान्त व्यक्तिगत कुरा हो, सम्बन्धित व्यक्तिले सार्वजनिक गर्न नचाहेसम्म प्रकाशन गर्ने अधिकार छैन । अन्यत्र भन्दा पनि जापानमा त उनिहरुले प्रकाशन गरेपनि हुन्छ भन्ने अनुमती नदिएको खण्डमा प्रकाशन गर्न सकिदैन । सुरुका केहि घटनाहरुमा हामीले नाम ठेगाना गोप्य राख्ने सर्तमा समाचार लेख्दा पनि पछि अरु व्यक्तिहरुले चिनेर दैनिक जिवनमा असर पारेको गुनासो आएका थिए । जसका कारण त्यसभन्दा पछि हामीले लेखेनौँ ।
समाचारमा नआएपछि त झन उनिहरुको माध्यमबाट अरुमा पनि संक्रमण फैलियो होला नी ?
हो,सामान्यत कोरोना गोप्य राख्नुपर्ने रोग नै होईन । दैनिक ५/६ सय जनासम्म संक्रमित भईरहेको सहरमा जोसुकैलाई जुनसुकै समयमा पनि संक्रमण हुनसक्दछ । लुकाउनु भन्दा हामी संक्रमित भयौँ तपाईहरु सतर्क रहनुहोला है, भनिदिए सबैभन्दा उत्तम हो । तर त्यसो हुन सकेन र सायद कहिलै नहोला पनि ।किनकि हाम्रो समाजिक चरित्रमा कहि न कहि संकुचित विचारधारा बाँकी छन् ।
हामी( मिडिया) ले के गर्यौँ त ?
हामी कहाँ प्रत्यक्ष/ अप्रत्यक्ष जोडिन आईपुगेका संक्रमितहरुलाई त पहिला उपाचारका प्रकृयाबार् जानाकारी गरायौँ र गर्दै छौँ । यसपछि संक्रमण हुनु अगाडी कम्तिमा १५ दिन आसपासमा भेटघाट/संसर्ग भएका व्यक्तिहरुलाई जानकारी गराउन भन्यौ, ता कि उनिहरुले समयमै सचेत हुने अवसर प्राप्त गरुन र संक्रमण न्युनिकरण होस् । यसका अलवा हरेक समाचारमा संक्रमित भएको औपचारिक डाटा नभपनि संक्रमित नेपालीहरु बढिरहेको जानकारी गराईरह्यौ र अहिले पनि गराउँदै छौँ । यसका साथै शंका लागेमा कहाँ कसरी सम्पर्क गर्ने र कसरी उपचार गराउने विषयमामा हाम्रो अफिसियल फेसबुक/ वेवसाईट/युट्युव/ ट्विटर तथा टिकटकको माध्यमबाट निरन्तर जानकारी गराउँदै आईरहेका छौँ ।
अन्त्यमा,जापानमा कोरोना संक्रमण संख्यात्मकरुपमा केहि कमी भएको निर्मुल भएको होईन । तसर्थ जो सुकै व्यक्तिलाई जुनसुकै बेलमा जहाँ पनि संक्रमण हुनसक्दछ । सचेत रहौँ, सुरक्षा अप्नाऔँ । हालसम्म संक्रमित भेटिएपनि जापानमा कोरोना कै कारण कोही नेपालीको निधन भएको छैन । आत्मवल बढाऔँ कोरोना निको हुन्छ ।
( नोट: गैरआवासीय नेपाली संघहरुले भन्दै आएको जापानमा एक नेपालीको निधन भन्ने समाचार जापानमै बसेर यथार्थ थाह भएर भन्नुपर्दा उनि भारतीय पासपोर्ट बाहक थिईन् ।उनिहरु धेरै वर्षअघि नै नेपालबाट भारतमा बसाई सरेका थिए, त्यसैले जापानले उनको मृत्युलाई नेपाली नभई भारतीय नागरिकको रुपमा उल्लेख गरेको छ )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




