टोकियो/जापान । अक्टोबर ९ तारिखबाट जापानमा अर्को शक्तिशाली ताईफु ( आँधीबेरी) आउने अनुमान गरिएको छ ।

जापानी मौसम विभागले जनाए अनुसार यो, यस बर्षको १४ औं ताईफु (आँधीबेरी)हो । यो १४ औँ ताईफु पनि अत्यन्त शक्तिशाली हुने अनुमान गरिएको छ ।ताईफु १४, सोमबार बिहानबाट नै दक्षिणी समुन्द्रतटबाट जापान तर्फ अघि बढ्ने क्रममा रहेको छ । ताईफु १४ को प्रभाव तथा यसको मार्गबारे विस्तृत जानकारी भने अझै आईसकेको छैन ।मौसम विदहरुका अनुसार यो सुरुवाती अवस्थामा नै रहेकाले यसको प्रभाव तथा असरबारे विस्तारै जानकारीमा आउने छ । त्यसैले पछिल्ला सुचनाहरुमा अपडेट हुँदै गरौँ ।

प्रारंभिक जानकारी अनुसार,ताईफुले ओकिनावा सहित क्युस्यु, शिकोकु, कान्साई, चुगोकु र चुबु क्षेत्रमा असर पार्नसक्नेछ ।सामान्यत ताईफु कत्ति शक्तिशाली हुन्छ भन्ने भन्दा पनि त्यसको लागि आवाश्यक पूर्वतयारी कस्तो रहन्छ भन्ने कुराले क्षतिको मात्र घटबड हुनेगर्दछ । त्यसैले जापानले यसरी पूर्वजानकारी सहित तयारीको लागि अनुरोध गर्ने गर्दछ । यस अघिको ताईफुहरु शक्तिशाली भएता पनि प्रभावकारी पूर्व तयारीका कारण तुलनात्मकरुमा क्षति न्युन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार