टोकियो । गैरआवासीय नेपाली संघ जापानको नयाँ कार्यसमितिको निर्वाचन सेप्टम्बरको ३ तारिख हुने भएको छ ।
निर्वाचन सम्पन्न गर्न पूर्व अध्यक्ष ओम गुरुङको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।करिब एघार हजार सदस्य रहेको एनआरएनए जापानको यस वर्षको निर्वाचनलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । अन्तर्राष्ट्रीय ग़ैर आवासीय नेपाली संघको आगमी नेतृत्वको लागि वर्तमान उपध्यक्ष भवन भट्टको उम्मेद्वारी हुने भएपछि गैर आवासिय नेपाली संघ जापानको निर्वाचन अझ अर्थपूर्ण बनेको हो ।
गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापाले दिनु भएको जानकारी अनुसार निर्वाचन समितिमा संयोजक ओम गुरुङ, सदस्यहरुमा डा. वेद काफ्ले, डा. भुपलमान श्रेष्ठ, मेघराज नेपाल र पुष्कर जङ थापा रहेका छन ।
निर्वाचन कार्यतालिका अनुसार अगष्ट १ गते मतदाता नामावली प्रकाशित, अगष्ट २र ३ मतदाता नामवली माथि दावि विरोध,अगष्ट ४ मा अन्तिम मतदाता नामवली प्रकाशन ६ मा उम्मेद्वारी दर्ता, ८ तारिक दावि विरोध, १२ तारिक उम्मेदवारी फिर्ता, १३ तारिक उम्मेदवारीहरुको अन्तिम नामवली प्रकाशन र सेप्टम्बर तिनमा निर्वाचन कार्यतालिका तय गरिएको छ ।
गैरआवासीय नेपाली संघ जापानको १५ सदस्यिय कार्यसमितिमा अध्यक्ष १,वरिष्ठ उपध्यक्ष १,उपध्यक्ष २,महिला उपध्यक्ष १, महासचिव, सचिव, कोषध्यक्ष, सहकोषध्यक्ष र ६ जना सदस्यहरुको निर्वाचन हुनेछ । निर्वाचनको लागि सदस्य उम्मेद्वारले १ लाख जापानी येन, कोषध्यक्षले २ लाख, सचिवले २लाख ५० हजार, महासचिवले ३ लाख एेन, उपध्यक्षले ३लाख ५० हजार, वरिष्ठ उपध्यक्षले ४ लाख अध्यक्षले ४ लाख ५० हजार र अन्तर्राष्ट्रीय सदस्यले ६ लाख येन उम्मेद्वारीका शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




