टोकियो/जापान । जापानमा कोरोना भाईरस महामारी सुरुभएदेखि यहि अक्टोबर २ तारिखसम्ममा ६३ हजारभन्दा बढी ब्यक्तिहरु वेरोजगार भएका छन् ।

यसरी रोजगारी गुमाउनेहरुमा सबैभन्दा धेरै निर्माण उद्योगमा कार्यरत ११,०७२ र १०,०७८ रेस्टुरेन्ट क्षेत्रका कामदारहरु रहेका छन् भने बाकी अरु क्षेत्रका रहेका छन् ।श्रम मन्त्रालयको पछिल्लो सर्वेक्षणले देखाए अनुसार कोरोना भाईरसका कारण सबैभन्दा धैर रेस्टुरेन्ट तथा निर्माण क्षेत्रका कामदारहरु प्रभावित भएका छन् । कोरोना भाईरसका कारण व्यापार व्यवसाय ठप्प भएपछि अक्टोबर २ तारिख सम्ममा जापानमा ६३ हजार ३ सय ४७ जनाले रोजगारी गुमाउनु परेको हो ।

क्षेत्रगत आधारमा हेर्दा, रोजगारी गुमाउनेहरुको संखा
टोकियो १५,९४४ जना, ओसाकामा ६,१०८ जना आइचीकेनमा ३,३९० जना र खानागावा २,७९३ जना सहित अग्रस्थानमा रहेको छ ।

यसका अलवा कोरोना संक्रमण महामारीका कारण ‘पार्ट टाईम‘ काम गर्दै आएका ३० हजार व्यक्तिहरुले रोजगारी गुमाएका छन्।

यो संख्या, श्रम मन्त्रालयले ‘हेल्लो वर्क’लगायतका अन्य श्रम कार्यालयहरुबाट प्राप्त तथ्यांकको आधारमा सार्वजनिक गरेको हो । रोजगारी गुमाउनेहरु सबै हलोवर्कको सम्पर्क नपुग्ने हुनाले रोजगारी गुमाउनेको संख्या प्राप्त तथ्यांक भन्दा धेरै हुनसक्ने सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार