नागोया/जापान । ओखलढुंगा टोक्सेल स्थायी घर भई जापानको आईची, प्रान्तको नागोयामा बस्दै आएका विशाल बास्तोलाको मृत्यु भएको छ ।
गत सेप्टेम्बर २३ तारिख राती आफ्नै कोठामा अचेत अवस्थामा फेला परेका बास्तोलालाई हिजो ( अक्टोबर ८ तारिख ) हस्पिटलले मृत घोषणा गरेको हो । यस घटनमा सुरुवातदेखिनै सहयोगमा जुटिरहनुभएका एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीका अनुसार प्रहरी अनुसन्धानले मृतकले आत्महत्या प्रयास गरेको देखाएको छ । यद्यपी कुनै पनि प्रकारको औषधी सेवन पनि नगरेको तथा घाँटीमा पासो लगाएर झुण्डिएको कुरा पनि पुष्टि नभएकाले घटनाको वास्तविकता बुझ्न अझै अनुसन्धान जारी रहेको बताईएको छ । मृतक बास्तोला जापान आएको पनि धेरै नभएको र आर्थिक अवस्था पनि मज़बूत नभएकाले दाहसंस्कार लगायतका कार्यमा आवाश्यक रकम व्यवस्थापनका लागि जापानमै रहेका उनका दिदी भिनाजुले जापानवासी नेपाली तथा नेपाली संघसंस्थाहरुलाई सहयोगका लागि अनुरोध गरेका छन् ।
मृतक बास्तोका भिनाजु दिपेश अधिकारीका अनुसार NRN जापानले यो अप्ठ्यारोमा ठूलो सहयोग गरिरहेको छ । विशेष गरी NRN जापानका उपाध्यक्ष दिपक कार्की र NRN नागोया क्षेत्रिय समिति अध्यक्ष श्याम शीतल लगायतका व्यक्तिहरुले घटनाको सुरूवातबाटै अस्पताल र घटनास्थलमा गएर र प्रहरी अनुसंधानको लागि पनि ठूलो पहल गरेका थिए । यसका साथै ओखलढुंगा सेवा समाज र पूर्वेली सेवा समाजले आर्थिक संकलन लगाएतका कामहरूमा सहयोग गरिरहेको बुझिन आएको छ ।
सहयोगको लागि
जापान पोस्ट बैंक
खाता न. 10100-56787801
सुनिता बास्तोला ( दिदी )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




