टोकियो । पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले आयोजना गरेको नूत्य प्रतियोगिताको उपाधिको लागि जापानभरीबाट १३ जना छनौट भएका छन्।

टोकियोमा,गत बुधवार   आयोजना गरिएको पत्रकार भेटधाटमा केन्द्रले जापानमा रहेका नेपालीहरुमा रहेको प्रतिभालाई नृत्य  प्रतियोगिताको आयोजना गरि प्रतिभा प्रस्फुटन गर्नमा सहयोग पुगोस् भन्ने उद्देश्य राखि नूत्य प्रतियोगिता आयोजना गरिएको केन्द्रका अध्यक्ष शुभाष लोहनीले जानकारी दिए ।

अगष्ट २७ तारिक नाकानो ज़ीरोहलमा हुने फिनालेमा प्रथम हुने प्रतियोगिले उपाधी  सहित एक लाख येन, दोश्रो हुनेले पचास हजार येन, तेश्रो हुनेले तिस हजार येन  प्राप्त गर्ने प्रतियोगिताकी संयोजक शुसिला प्रसाईले जानकारी दिईन् ।

जापानभरीबाट ४७ जना सहभागि भई फाईनल राउण्ड लागि १३ जनालाई छनौट गरिएको छ । पाँच जना निर्णायक मण्डलले फाईनल प्रवेश गर्ने १३ जना प्रतियोगिहरु छनौट गरेको आयोजकले जानकारी दिएको हो । छनौट प्रतियोगिहरुमा सगुन सुर्यवंशी मगर, अपेक्षा लिम्बु, काजल दर्लामी मगर, सुजन सिंजाली मगर, शर्मिला तामाङ, प्रतीक आरषी, मनीषा भट्टराई, सन्ध्या खडका, नविना ढकाल, यमिता कंडेल, रोशनी थापा, अस्मिता गुरुङ, सन्ध्या कटवल रहेका छन् । त्यसैगरी आयोजकले उमेर समुहबाट सुगम गिरी र सिजुका थापालाई प्रतियोगिको रुपमा छनौट गरेको छ ।

यो प्रतियोगिता पहिलो पटक नेपाली संस्थाहरुले आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार