टोकियो । तपाई यदि कहिलै जापान आउनुभएको थियो या हाल जापानमा हुनुहुन्छ भने अवश्य कतै न कतै मानेकी नेको (बिरालो) लाई भेट्नुभएको  छ । भलै नाम थाह नहुन सक्छ । मानेकि नेको (まねき猫)जस्लाई भाग्योदय को बिरालो(लक्कि क्याट) को रुपमा लिने गरिन्छ । हात हल्लाउँदै या बोलाउँदै गरेको जस्तो देखिने आकर्षक बिरालोको आकृति मानेकि नेको जापान लाई चिनाउने वस्तुको रुपमा स्थापित भएको छ । अझ भनौँ मानेकी नेकोको यो प्रतिमा(मुर्ति) देखेपछि जापानको मौलिकताको याद दिलाउँछ । मानेकि नेको(まねき猫)यसलाई शब्दस:अर्थ्याउँने हो भने,निमन्त्रणा दिने बिरालो(Beckoning Cat) का रुपमा बुझ्न सकिन्छ । किनकि मानेकि नेकोको प्रतिमाले एउटा अथवा दुईवटै पन्जा माथीतिर उठाएर ऊ भएतिर बोलाईरहेको आभास दिन्छ ।

मानेकि नेकोको प्रतिमा विशेषत सेरामिक बाट बनाईएको हुन्छ । यसका अलवा विभिन्न धातु,प्लास्टि तथा काठबाट बनाईएको पनि भेटिन्छ । जापानमा मामेकि नेको भेट्न त्यति मुस्किल भने पर्दैन । तपाईले मानेकि नेकोलाई जापानी मन्दिर परिसर,रेस्टुरेन्ट,गेम सेन्टर, उपहार पसल, ब्युटि पार्लर तथा अन्य व्यवसायिक परिसरहरुमा सहजै देख्न सक्नुहुनेछ । हिजो आज त बिस्तारै हात हल्लाउँदै बोलाईरहेका यन्त्र मानेकी नेकोहरु पनि प्रशस्त भेटिन्छन् ।मानेकि जापानको मौलिक परिचय त हो नै तर जापानमा पनि यसको प्रयोगको सुरुवात पहिला  टोकियोमा भयो कि ओसाकामा भन्ने विवाद भने कायम रहेको भेटिन्छ । त्यसैले मानेकि नेकोको उत्पत्ति कहाँ भएको हो भनेर निश्चित भने छैन । तर सामान्यत :यस्लाई यदो पिरियडको अन्तिमतिर पहिलो पटक देखिएको भन्नेमा चाहीँ धेरैको सहमती देखिन्छ । हिजोआज तपाईले धेरै प्रकारका मानेकि नेकोहरु देख्न सक्नुहुनेछ । मानेकि नेकोलाई विभिन्न साझसज्जामा राखिएको भेटिन्छ ।

घाँटीमा सानो घण्टी सहितको रंगिन रिबन,छातिसम्म ढाकिने रुमाल जस्तो आकर्षक कपडा,थैली,जेम्सस्टोन लगायत समृद्दी र भाग्यसँग जोडिएका विविध रंग तथा आकृतीहरु मानेकि नेकोको आधारभुत श्रृंगार हुन् । झट्ट हेर्दा अहिले पनि त्यो एदो पिरियडको साच्चिकै को मानेकी बिरालो नै हो कि भन्ने लाग्दछ । मानेकी नेकोले सामान्यतय कोबान(こばん) यानेकि विशेष ‘सुनको सिक्का’ समातेको प्रतिमा देखिन्छ, जुन एदो पिरियडमा प्रयोग गरिन्थ्यो । जुन सिक्का हालको विनिमयमा हेर्ने हो भने १ हजार डलर सम्म पर्दछ । यसका साथै कुनै कुनै सिक्कामा (千万両) लेखेको पनि भेटिन्छ । यो त्यो बखतको लागि एकदमै ठुलो रकम हो ।

मानेकि नेको सबै एउटै प्रकारका नभई कसैको दाहिने मात्र पञ्जा माथि उठेको कसैको देब्रे मात्र उठेको तथा कसैको दुबै उठेको भेटिन्छ । यसको पनि आ- आफ्नै महत्व र विश्वास रहेको छ ।
दाहिने हात उठेको – सम्पति तथा भाग्यको प्रतिक
देब्रे हात उठेको – ग्राहक आकर्षण
दुबै हात उठेको – सुरक्षा प्रदायक को रुपमा मान्ने गरिन्छ ।

यसका अलवा मानेकि बिरालो विभिन्न रंगहरुको पाईन्छ । र त्यि सबै रंगहरुको आ-आफ्नै विशेषता र महत्व रहेकोछ । जस्तै केहि रंग र संकेतहरु
सेतो – सकारात्मक तथा शुद्दता
कालो – नकारात्मक शक्तिहरुको नाशक
सुनौलो- धन तथा समृद्दी
रातो – विवाह,प्रेम तथा व्यक्तिगत सम्बन्ध
निलो – बुद्दी,विवेक तथा सफलता
हरियो – शिक्षा तथा स्वास्थ्य
पहेँलो – स्थायीत्व, स्वास्थ्य तथा सम्बन्ध
पिंक – प्रेम तथा रोमान्स
यी मध्ये तपाईको चाहना अनुसारको रंग छान्न सक्नुहुनेछ ।

वास्तवमा मानेकि नेको केवल विश्वासको प्रतिमा मात्र हो । यो बिरोलोको प्रतिमा भएपनि मानेकि नामको वास्तविक बिरालो भने कहिलै थिएन । तर एदो पिरियड देखि आजको युगसम्म आईपुग्दा आश्था र विश्वास संगै आकर्षण र गतिलो व्यवसाय पनि यो हो मानेकि नेको । स्मरण रहोस जापानमा  मानेकि नेकमा समर्पित मन्दिर पनि रहेको छ ।
(स्रोत : जापानी संस्कृति र परम्परा सम्बन्धी ईन्टरनेटमा उपलब्ध सामग्रीहरुको अध्यायन,जापानीहरुसंगको प्रत्यक्ष कुराकानी र व्यक्तिगत खोज तथा अध्यायन)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार