टोकियो/जापान ।जापानका खानाहरु देख्दा जति आकर्षक हुन्छन् त्यतिनै गुणस्तर अनि तोकिएको अनुसार सबै चिजहरु ( परिमाण, पोषक तत्व)पूर्णरुपमा समावेश भएको हुन्छ, भन्ने गरिन्छ ।

त्यससमा पनि जापानका कन्विनियन्स स्टोरहरुका सामानहरु त केहि महँगो भएता पनि अझ राम्रो हुन्छ, भन्ने मान्यता कायम छ । तर यहि बिचमा केहि दिन अघि जापानको निकै चर्चित ठूलो मध्येको एक कन्विनियन्स स्टोर सेवेनईलेवेनले बजारमा ल्याएको नयाँ स्यान्डविचले भने त्यि पुराना सबै मान्यताहरुलाई गलत सावित गरिदियो ।
३३४ येन मुल्य पर्ने,आचुयाकीतामागो मिक्स -बाक्लो अम्लेट राखिएको (厚焼きたまごミックス) नामक स्यान्डबिच देख्दा त निकै आकर्षक र अरुभन्दा ठूलो देखिने खालको थियो । जुन तस्बिरमा देख्न सक्नुहुनेछ ।

तर, यसको भित्र भने बाहिर देखिएजस्तो साँच्चै बाक्लो अम्लेट राखिएको रहेनछ । बाहिर आँखाले देखिने ठाउँमा मात्रै अम्लेट राखेर अन्त भने खाली रहेछ । जुन अधिकांस ग्राहकहरुले याद गर्दैनन् । तर यो कुरा एक ट्विटर प्रयोगकर्ताले जव यसरी लेखेर तस्बिर सहित ट्विट गरे, त्यसपछि यति भाईरल बन्यो कि, प्राय सामाजिक संजाल प्रयोगकर्ता जापानीमाझ चर्चाको विषय नै बन्न पुग्यो । हेर्नुहोस् ट्विट यस्तो थियो ।

 

यो ट्विट बाहिरीएपछि सेभेनईलेवेनले नयाँ प्रडक्टको नाममा ग्राहकलाई आकर्षक देखाएर, फसाउने काम गरेको आरोप लाग्यो, भने सेभेनले यस अगाडिका अन्य उत्पादनहरुमा पनि यस्तै गर्ने गरेको विभिन्न तस्बिरहरु सार्वजनिक भए । यस्ता उत्पादनमा खर्च कम गर्न यस्तो तरिका अप्नाउँदा रहेछन् । हेर्नुहोस् तस्बिर

तर, यसलाई कम्पनीले भने, कटिङ गर्ने बेलामा भएको गल्ति भनेर, ढाकछोप गर्ने प्रयास गर्यो । र जापानको चलन अनुसार माफी पनि माग्यो । तर आम ग्राहकमा भने सेभेन ईलेवेन जस्ता कन्विनियन्स स्टोरहरु प्रतिको विश्वास गुम्यो । र उनिहरुले सेभेनको यो प्रडक्टलाई – ‘पेपर टाईगर स्याण्डविच’यानेकी बाहिर बोक्रो भित्र खोक्रो उत्पादनको नाममा आलोचना गरे ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार