यामानाशी/जापान । जापानको यामानाशी प्रान्तको फुएफुकी भन्ने ठाउँमा सोमबार बिहान करिब ११ बजेतिर एक जना नेपाली युवाको निधन भएको छ।

कास्की जिल्लाको साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत (कयरबारी) स्थायी घर भई केहि वर्षअघिदेखि, यामानाशी प्रान्तको फुएफुकी सहरको यानेकुरामा रहेको एसुवाई सेकी नामक आल्मुनियम प्रशोधन कम्पनीमा कार्यरत २७ वर्षिय सन्तोष दाहलको सोमबार बिहान ११ बजेतिर कार्यस्थल दुर्घटनामा निधन भएको हो ।
जापानी समाचारहरु बताई अनुसार, दाहालको काम गर्नेक्रममा फलाम प्रेसर मेसिन र अर्को मेसिनको बिचमा टाउको च्यापिएको थियो,अर्को कर्मचारीले देखेपछि एम्बुलेन्सलाई बोलाएर हस्पिटल लगिएको थियो । यद्यपी उनलाई बचाउन सकिएन ।

दाहाल जापानमा श्रीमती तथा करिब १ वर्षमात्रै पुगेको सानी छोरी पनि संगै रहँदै आएका थिए । नेपालीहरुको न्युन संख्या रहेको उक्त स्थानमा घटेको दुखद घटनामा तत्काल समन्वय गरिदिने व्यक्तिहरुको अभाव खड्किएको सोहि स्थान बस्दै आएका र दाहाल परिवारलाई नजिकबाट चिनेका धादिङका धुर्ब भट्टाराईले जानकारी गराए ।

भट्टराईका अनुसार, मृतक दाहलको शब पोस्टमार्टम भईसकेको छ । कार्यस्थल दुर्घटनामा परेका हुँदा कानुनत: कम्पनीबाट गरिनुपर्ने सबै प्रकृयाहरु भने हुनेछ, यद्यपी जापानको केन्द्रबाट पर नेपाली समुदायको अत्यन्तै पातलो बस्ती भएको ठाउँमा घटेको घटनालाई तत्काल नेपाली समुदायले तदरुकताको साथ हेर्न भने सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार