टोकियो/जापान । जापान बाहिर गएको समयमा भिषा म्याद सकिएका व्यक्तिहरूले पुन: प्रवेश अनुमति लिन सक्नेछन् । यदि उनीहरूको भिषा वा पुनः प्रवेश अनुमति विदेशमा रहँदा समाप्त भएको छ भने पुन:प्रवेश अनुमती लिन सकिने बुझिन आएको छ ।

जापानको न्याय मन्त्रालयले जनाए अनुसार अगस्ट महिनासम्ममा जापान छाडेका र पुन: प्रवेश अनुमति पत्रको समयावधि समाप्त हुनु अगाडी नै फर्किन नसकेको विशेष परिस्थितिमा पुनः प्रवेश पाउन सक्नेछन । यसमा फर्किन नसक्नुका मानवीय कारणहरू खुलाउनु पर्नेछ । यो कानुनी प्राबधान भन्दा पनि मानवियतालाई ध्यानमा राखेर कार्यन्वयन गर्न लागिएको बुझिएको छ ।

यसबारेमा थप बुझ्नका लागि भने आफ्नो मुलुकमा रहेको जापानी दूतावास वा वाणिज्य दूतावासमा सम्पर्क गर्न सक्नुहुनेछ ।

जानकारी अनुसार,यसरी पुन: प्रवेश अनुमती समय १ वर्ष नाघिसेका तथा विदेशमै रहँदा भिसा सकिएर जापान आउन नसकेका लगायतका व्यक्तिहरुले पनि फेरि पुन:प्रवेश अनुमती लिएर आउन सक्नेछन् ।
यद्यपी यो व्यवस्था सबै मुलुकका लागि हो या होईन केही खुलाईएको छैन । त्यसैले तपाई नेपालमा हुनुहुन्छ भने नेपालस्थित जापानी दुतावासमा बुझ्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार