{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो/जापान । नोभेम्बर ९ तारिख सोमबार जापानभर ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार होक्काईदोमा २०० जना,टोकियोमा १५७ जना,ओसाकामा ७८ जना,आईची केनमा ५७ जना, खानागावा केनमा ३६ जना,साईतामा केनमा ५१ जना,चिबा केनमा ३२ जना,ह्योगो केनमा २० जना,ओकिनवा केनमा १८ जना,नागानो केनमा १४ जना,आओमोरी,यामागाता,तोचिगी,ईसिखावा,मिए,वाखायामा र तोकुशिमा केनमा१/१ जना,गुन्मा,यामानाशी, ओखायामा र हिरोशिमा केनमा २/२ जना,फुकुशिमा,निगाता,फुकुई, कुमामोतो र खागोशिमा केनमा ३/३ जना,मियागी,गिफु र तोत्तोरी केनमा ७/७ जना,सिजुओका र सागा केनमा ६/६ जना,फुकुओका केनमा ४ जना,क्योतो तथा नारा केनमा ८/८ जना र एयरपोर्ट परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म १ लाख ९ हजार ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ९६ हजार ५ सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन् भने १८ सय ४९ जनाको निधन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार