{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो/जापान । नोभेम्बर १० तारिख मंगलबार जापानभर एकैदिन १,२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार टोकियोमा २९३ जना,ओसाकामा २५६ जना, होक्काईदोमा १६६ जना,आईची केनमा १२९ जना,खानागावा केनमा ९९ जना, साईतामा केनमा ६७ जना,चिबा केनमा ४८ जना, ह्योगो केनमा ६० जना,फुकुओका केनमा २३ जना,ओकिनवा केनमा २५ जना तथा क्योतोमा १३ जना सहित अन्य २७ वटा प्रान्तमा संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म १ लाख ११ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमित मध्ये ९७ हजार १ सय १४ जनाले स्वास्थ्य लाभ गरेका छन् भने १८ सय ६४ जनाको निधन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार