{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो/जापान । नोभेम्बर १७ तारिख मंगलबार जापानभर कोरोना संक्रमित संख्या बढेको छ । मंगलबार एकैदिन १,६९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगबार टोकियोमा २९८ जना,ओसाकामा २६९ जना,होक्काईदोमा १९७ जना,आईची केनमा १३८ जना,खानागावा केनमा १३३ जना,साईतामा केनमा ८८ जना, चिबा केनमा ७९ जना,ओकिनवा केनमा २४ जना,ईबाराकी केनमा ५५ जना,मियागी केनमा ३२ जना,निगाता केनमा ३३ जना,क्योतोमा ४९ जना,आओमोरी केनमा १ जना,ईवात् केनमा २ जना,आकिता केनमा १ जना,फुकुशिमा केनमा ३ जना,तोचिगी केनमा ६ जना, गुन्मा केनमा ३ जना,तोयामा केनमा १ जना,फुकुई केनमा ४ जना,यामानाशी केनमा ३ जना,गिफु केनमा १३ जना, सिजुओका केनमा १५ जना,मिए केनमा ७ जना,सिगा केनमा ११ जना,ह्योगो केनमा १०८ जना,नारा केनमा ९ जना,वाखायामा केनमा ५ जना,सिमाने केनमा १ जना,ओखायामा केनमा ७ जना,हिरोशिमा केनमा २ जना, यामागुची केनमा १२ जना,तोकुशिमा केनमा २ जना, खागावा केनमा १ जना,एहिमे केनमा ८ जना, फुकुओकामा ११ जना,सागा केनमा १ जना, नागासाकी केनमा १ जना,कुमामोतो केनमा १४ जना, ओईता केनमा ११ जना,मियाजाकी केनमा १ जना, खागोशिमा केनमा २ जना र एयरपोर्ट परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म १ लाख २१ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ लाख ३ हजार ४ सय ६ जनाले स्वास्थ्य लाभ लिएका छन् भने १९ सय ३३ जनाको निधन भएको छ । जापानमा अक्टोबर महिनादेखि कोरोना संक्रमण दिनहुँ बढिरहेको छ । हाल दैनिक निको हुनेको संख्या भन्दा दोब्बर बढी संक्रमित हरु देखिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार