{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1607039406965","source":"other","origin":"gallery"}

टोकियो/जापान । डिसेम्बर ३ तारिख बिहिबार जापानमा एकैदिन २,५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार टोकियोमा ५३३ जना,ओसाकामा ३८६ जना,होक्काईदोमा २०६ जना,खानागावा केनमा १९७ जना,आईची केनमा १९५ जना,चिबा केनमा ८३ जना,
साईतामा केनमा १५१ जना,ह्योगो केनमा १७२ जना,ओकिनवा केनमा ४९ जना,सिजुओका केनमा ६४ जना,हिरोशिमा केनमा ४६ जना,ईबाराकी केनमा ३७ जनाको उच्च संक्रमण सहित ४७ मध्ये ४४ वटा प्रान्तहरुमा संक्रमित पुष्टि भएको हो ।

मंगलबार होक्काईदोमा ११ जना,ओसाकामा ८ जना,टोकियोमा २ जना,साईतामा केनमा २ जना,ह्योगो केनमा ३ जना,आईची केनमा १ जना, मिए केनमा १ जना,खानागावा केनमा ६ जना, नारा केनमा १ जना , फुकुशिमा केनमा १ जना,सिगा केनमा १ जना र सिजुओका केनमा १ जना सहित कुल ३६ जनाको मृत्यु भएको जनाईएको छ ।

जापानमा हालसम्म १ लाख ५६ हजार ५ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ लाख २७ हजार ८ सय १४ जनाले स्वास्थ्य लाभ गरेका छन् भने २२सय ७४ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार