{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1606696246371","source":"other"}

टोकियो/जापान । डिसेम्बर ४ तारिख शुक्रवार जापानमा एकैदिन २,४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रवार टोकियोमा ४४९ जना,ओसाकामा ३९४ जना,होक्काईदोमा २१२ जना,खानागावा केनमा १८८ जना,आईची केनमा २१५ जना,चिबा केनमा ७५ जना,
साईतामा केनमा १६३ जना,ह्योगो केनमा १२९ जना,ओकिनवा केनमा ४७ जना,सिजुओका केनमा ४१ जना,हिरोशिमा केनमा ४८ जना,ईबाराकी केनमा ८५ जनाको उच्च संक्रमण सहित ४७ मध्ये ४२ वटा प्रान्तहरुमा संक्रमित पुष्टि भएको हो ।

मंगलबार होक्काईदोमा १३ जना,ओसाकामा ५ जना,टोकियोमा ८ जना,साईतामा केनमा ५ जना,ह्योगो केनमा १ जना,आईची केनमा ४ जना,जना,खानागावा केनमा ४ जना सहित कुल ४४ जनाको मृत्यु भएको जनाईएको छ ।

जापानमा हालसम्म १ लाख ५९ हजार १९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ लाख २९ हजार ७ सय ४० जनाले स्वास्थ्य लाभ गरेका छन् भने २३ सय १९ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार