टोकियो/जापान । डिसेम्बर ८ तारिख मंगलबार जापानमा एकैदिन २,१७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार टोकियोमा ३५२ जना,ओसाकामा २५८ जना,होक्काईदोमा २०४ जना,खानागावा केनमा १५२ जना,आईची केनमा १९९ जना,चिबा केनमा ८० जना,
साईतामा केनमा १७२ जना,ह्योगो केनमा १४५ जना,ओकिनवा केनमा २८ जना,सिजुओका केनमा २० जना,हिरोशिमा केनमा ५२ जना,ईबाराकी केनमा ३४ जनाको उच्च संक्रमण सहित ४७ मध्ये ४३ वटा प्रान्तहरुमा संक्रमित पुष्टि भएको हो ।
यसका साथै जापानमा पछिल्ला दिन, होक्काईदो, ओसाका तथा टोकियोमा गम्भीर बिरामीको संख्या पनि बढिरहेको छ । मंगलबार बेलुकीसम्म जानकारी अनुसार जापानभर ५३६ जना कोरोनाका गम्भीर बिरामीहरु उपचाररत छन् ।
त्यस्तै होक्काईदो,ओसाका, टोकियो, आईची साईतामा, ह्योगो केन लगायतका प्रान्तहरमा मृत्यु दर पनि उच्च देखिदै आएको छ । मंगलबार जापानभर एकैदिन ४७ जना बिरामीहरुको निधन भएको छ ।
जापानमा हालसम्म १ लाख ६७ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ लाख ३९ हजार ६ सय ५३ जनाले स्वास्थ्य लाभ गरेका छन् भने २४ सय ५८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




