{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1609630195285","source":"other","origin":"gallery"}

टोकियो/जापान । जनवरी २ तारिख शनिबार जापानमा एकैदिन ३ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार टोकियोमा ८१४ जना,ओसाकामा २५८ जना,खानागावा केनमा ३८२ जना,चिबा केनमा २३६ जना,फुकुओका केनमा १२४ जना,साईतामा केनमा २१३ जना र आईची केनमा १५८ जनाको उच्च संक्रमण सहित ४७ ओटा प्रान्त मध्येमा ४५ ओटा प्रान्तमा संक्रमण देखिएको हो । ओसाका, ह्योगो, टोकियो,होक्काईदो, आईची,क्योतो,हिरोशिमा लगायतका प्रान्तहरुमा गरी कुल ३१ जनाको मृत्यु भएको छ ।

जापानमा हालसम्म २ लाख ४२ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७ सय ११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १ लाख ९७ हजार ७९ जनाले स्वास्थ्य लाभ गरेका छन् । त्यस्तै, शनिबार रातीसम्मको जानकारी अनुसार,३ हजार ५ सय ८५ जनाको निधन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार