{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1610094724917","source":"other"}

दीपक गौतम /टोकियो । जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा आपतकाल घोषणा गरेको भोलिपल्ट ओसाका प्रान्तले पनि आपतकालका लागि सरकार समक्ष आग्रह गर्ने भएको छ ।
कोरोना सक्रमण दिनप्रतिदिन बढ्न थालेपछि ओसाकाको प्रान्तीय सरकारले ९ तारिख आपतकाल घोषणाका लागि औपचारिक रुपमा सरकारलाई आग्रह गर्ने भएको हो ।
पछिल्लो हप्ता नया सक्रमितहरुको संख्या बढ्न थालेकाले आपतकाल घोषणाको बाटोमा जान परेको ओसाका प्रान्तीय सरकारका अधिकारीहरुलाई उद्दृत गर्दै सरकारी संचार सस्था एनएचकेले जनाएको छ ।
जापानको केन्द्रिय सरकारले हिजो मात्रै राजधानी टोकियो सहित साइतामा, खानागावा र चिबा प्रिफेक्चरमा आपतकालको घोषणा गरेको थियो ।
आपतकाल घोषणा गरिएपनि कानूनी परिबन्धका कारण उदद्योग कलकारखाना लगायत पसलहरु बन्दका लागि बाध्यकारी दवाब दिन सक्दैन । त्यसैकारण हिजो जापान सरकारले सरकारको आग्रहलाई स्वीकार गरि बेलुका ८ बजे बाट बन्द हुने भोजनालयहरुलाई १८ लाख सम्म राहत उपलब्ध गराउने घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार