{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1610322519707","source":"other","origin":"gallery"}

टोकियो/जापान । जनवरी १० तारिख आईतबार जापानभर ६ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबारको दिन पुष्टि भएको यो सबैभन्दा धेरै संक्रमण हो ।
आईतबार टोकियोमा १,४९४ जना,खानागावा केनमा ७२९ जना,ओसाकामा ५३२ जना,साईतामा केनमा ४१४ जना,चिबा केनमा ३८८ जनाको उच्च संक्रमण सहित ४६ ओटा प्रान्तमा संक्रमित पुष्टि भएका हुन् ।

आईतबार एकैदिन जापानभर विभिन्न स्थानमा गरेर ४५ जनाको निधन भएको छ भने ८ सय ५२ जना गम्भीर बिरामी रहेका छन् ।

जापानमा हालसम्म २ लाख ८९ हजार ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २ लाख २१ हजार १ सय ९५ जनाले स्वास्थ्य लाभ लिएका छन् भने ४ हजार ८० जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार