टोकियो/जापान ।जापानका ठूला मोबाईल फोन सेवा प्रदायकहरु बिच नयाँ सस्तो शुल्क सहितको प्याकेज घोषणाको प्रतिष्पर्धा देखिएको छ । केहि समय अघि सफ्टबैंक र एनटीटी दोकोमोले २० जिबी ईन्टरनेट सहितको नयाँ सस्तो प्याकेज घोषणा गरिसकेका छन् भने, आज अर्को ठूलो सेवा प्रदायक केडिडिआईले आफ्नो मूख्य सेवा एयु अन्तरगरत २४८० येनमा २० जिबी ईन्टरनेट सहितको नयाँ र सबैभन्दा सस्तो प्याकेज घोषणा गर्ने भएको छ ।

प्रधानमन्त्री सुगाले, प्रधानमन्त्रीको उम्मेदारी दिँदै गर्दा जनातालाई गरेको प्रतिवद्दता अनुसार मोबाईल फोन सेवाको शुल्क घटाउन सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएका थिए । सोहि निर्देशनको पालना स्वरुप मूख्य ठूला सेवा प्रदायकहरु धमाधम सस्तो र नयाँ प्याकेजहरु घोषणा गर्ने क्रममा रहेका छन् । अहि भनिए बमोजिम २९८० येन या २४८० येनमा २० जिबी ईन्टरनेट चलाउन सकिने प्याकेज चलनमा आए, जापानको महँगो दूरसंचार सेवा पनि विश्वका अन्य विकसित मुलुककै तहमा सुलभ बन्नेछन् । हालसम्म भने दूरसंचार सेवामा अन्य मुलुकहरुको तुलना जापान सबैभन्दा महंगो मुलुकका रुपमा रहँदै आएको छ ।
केडिडिआईले मार्च महिनाबाट सार्वजनिक गर्ने नयाँ प्लान भने अनलाईनबाट अप्लाई गर्नेहरुले मात्र प्रयोग गर्न पाउने बताईएको छ । कम्पनीले नयाँ सस्तो प्याकेजको आज औपचारिक घोषणा गर्ने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार