
टोकियो/जापान । जापानभर कोरोना संक्रमितको संख्या ह्लात्तै बढ्न गई,तोकिएका अस्पतालहरुमा बेड खाली नहुँदा,अति प्रभावित क्षेत्रहरुका १५ हजार जनाभन्दा बढी कोरना संक्रमित बिरामीहरु अस्पत्ताल भर्ना हुन पाएका छैनन् ।
क्योदो न्युजले गरेको एक सर्वेक्षणका अनुसार, यहि जनवरी ७ तारिख तथा पछि थप गरिएका आपतकाल कायम ११ ओटा प्रान्तहरुका सार्वजनिक स्वास्थ्य केन्द्रहरुमा थाम्नै नसक्ने गरी बीरामीहरुको चापमा परेका छन् । जसको परिणाम स्वरुप कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना गराउनुपर्ने अवस्थाका बिरामीहरुलाई पनि घरमै बसेर पालो कुर्न लगाईरहेका छन् । सर्वेक्षणका अनुसार अस्पतालहरुमा बेड अभावका साथै कोरोना संक्रमितहरुलाई राख्न तोकिएका होटलहरुमा पनि अहिले कोठाहरु भरिएका छन् ।
यसरी, अस्पतालमै भर्ना भएर उपचार गराउनुपर्ने बिरामीहरु घरमै बस्न बाध्य हुनुपर्दा केहि बिरामीहरुको मृत्यु समेत भईसकेको जापानी समाचार माध्यमहरुमा खबर प्रकाशित हुने गरेको छ । गम्भीर प्रकृतीका बिरामीहरु बढी, स्वास्थ्य क्षेत्रमा सघन चाप ब्योहोर्नेमा, टोकियो, साईतामा, चिबा, खानागावा, ह्योगो, ओसाका, आइची लगायतका प्रिफ्क्चरहरु अग्रस्थानमा रहेका छन् ।
गतवर्षको नोभेम्बरबाट जापानमा अत्यधिक बढेको कोरोना संक्रमण अझै नियन्त्रणको दायरामा आउन सकेको छैन । देशैभर हरेक दिन नयाँ संक्रमितहरु बढिरहेका छन् । यहि क्रममा कोरोना पुष्टि भएर पनि अस्पत्ताल एवं तोकिएका केयर सेन्टरहरुमा जाने प्रतिक्षामा रहनेहरुको संख्या १५ हजार ५८ जना पुगेको छ । जसमा सबैभन्दा बढी टोकियोका वासिन्दाहरु छन् । सर्वेक्षणले देखाए अनुसार टोकियोमा यसरी घरमै बस्न बाध्य भएका बिरामीहरु गत वर्षको डिसेम्बरको तुलनमा ४.८ पटकले वृद्दी भई ७ हजार ५ सय ३९ जना पुगेका छन् । ह्योगो प्रिफेक्चरमा पनि, डिसेम्बर महिनाको तुलनामा ५.८ पटकले बढेर,७२७ जना बिरामीहरु घरमै पालो कुरेर बसिरहेका छन् । यसैगरी प्राय सबैजसो प्रान्तमा वृद्दी भएको छ ।
आईतबारसम्ममा,जापानभर ३ लाख ६६ हजार ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २ लाख ९१ हजार २ सय १ जनाले स्वास्थ्य लाभ लिएका छन् भने ५ हजार १ सय ३३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




