{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1612262634343","source":"other"}

टोकियो/जापान । जापानमा कोरोना संक्रमण अत्यधिक बढेपछि नियन्त्रणात्मक प्रयास स्वरुप जनवरी पहिलो साताबाट घोषणा भएको आपतकालको अवधी एक महिना थप गरिएको छ ।

टोकियो, साईतामा, चिबा, खानागावा, ओसाका,गिफु, आईची, ह्योगो, क्योतो, फुकुओका र तोचिगी प्रान्तमा  जनवरी पहिलो साताबाट कायम आपतकाल तोचिगी केन बाहेक अन्य १० ओटाप्रान्तहरुमा थप एक महिना लम्ब्याईएको हो । सरकारले एक महिनामा कोरोना नियन्त्रण आउने अपेक्षा सहित फेब्रुअरी ७ तारिख सम्मको लागि भनेर घोषणा गरेको भएपनि, ति प्रान्तहरुमा नयाँ संक्रमण दर तथा गम्भीर बिरामीहरुको अवस्थामा आशातित् सुधार हुन नसकेपछि मंगलबार प्रधानमन्त्री सुगाले एक महिना थप गरि मार्च ७ तारिख सम्मका लागि आपतकाल कायम रहने घोषणा गरेका हुन् ।

आपतकालिन अवस्था थप गरिएका प्रान्तहरुमा हाल कायम रेस्टोरेन्ट व्यवसायहरुको सेवा समयवधी कटौती,अनावश्यक घरबाहिर ननिस्किने अनुरोध,तथा टेलिवर्कहरुको प्राथमिकता जस्ता प्रावधानहरु पनि मार्च ७ तारिखसम्म नै कायम रहने छ । यद्यपी तोकिएको समय अगावै कोरोना नियन्त्रणको दायरामा आएको खण्डमा मार्च अगावै पनि आपतकाल खारेज हुनसक्ने छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार