@‹Ù‹}Ž–‘Ԑ錾ŒãA‰‚̏T––‚ðŒ}‚¦‚½“Œ‹žEŒ´h‚Ì’|‰º’Ê‚è‚ð–K‚ꂽl‚½‚¿‚X“úŒßŒã

टोकियो/जापान ।फेब्रुअरी ८ तारिख सोमबार जापानभर कोरोनाका कारण एकैदिन ८३ जनाको मृत्यु भएको छ । संक्रमित संख्या भने पछिल्ला दिन केहि कम हुने क्रममा देखिएको छ । सोमबार १२ सय १७ जना मात्रै संक्रमित पुष्टि भएका थिए ।

पछिल्ला दिन गम्भीर प्रकृतीका बिरामीहरुको संख्या पनि केहि झिनो अंकमा घट्ने क्रममा रहेका छन् । सोमबारसम्मको डाटा अनुसार जापानभर ७ सय ७३ जना गम्भीर बिरामीहरुको उपाचार भईरहेको छ ।

सोमबार टोकियोमा २७६ जना,ओसाकामा ११९ जना,खानागावा केनमा १२१ जना,चिबा केनमा १५५ जना, साईतामा केनमा १२१ जना र फुकुओका केनमा ५७ जनाको उच्च संक्रमण संगै जापानका ३८ ओटा प्रान्तहरुमा संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म ४ लाख ७ हजार ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३ लाोक ६५ हजार ८ सय ९७ जनाले स्वास्थ्य लाभ गरेका छन् भने ६ हजार ५ सय २४ जनाको मृत्यु भईसकेको छ । जापानमा कोरोना संक्रमण अत्याधिक देखिएपछि घोषणा भएको आपतकाल अझै टोकियो, साईतामा, चिबा, खानागावा लगायतका १० वटा प्रान्तहरुमा मार्च ७ तारिखसम्म कायम रहने छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार