{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1612828334770","source":"other","origin":"unknown","sources":["293880856015211"]}

टोकियो/जापान । जापानमा रहेका नेपालीहरुको वास्तविक अवस्थाबारे एक सर्वेक्षण गरिने भएको छ ।

यो सर्वेक्षण Eastern & Young Shinnihon LLC(EY) र UNIBIRD Inc नामक कम्पनीले आयोजना गरेको हो । यो सर्वेक्षणमा सबै प्रकारका भिसा बहाक नेपालीहरुले सहभागिता जनाउन सकिने भएता पनि खासगरी “STUDENT VISA ” र “Engineer, Specialist in humanities, or International Services(ESI) visa” बहाकहरुको हकमा विशेष अफर पनि रहेको छ ।

“STUDENT VISA” भएको पहिलो उत्तर दिने 300 जना र “Engineer, Specialist in humanities, or International Services(ESI) visa”भएको पहिलो उत्तर दिने 120 जना लाई मात्र १ हजार येनको अमेजन गिफ्ट कार्ड प्रदान गरिने छ ।
सो गिफ्ट कार्ड प्राप्त गर्नका लागि सहभागीहरुले यहाँ प्रस्तुत गरिएको लिंकमा गई सबै प्रश्नहरूको उत्तर दिनु पर्नेछ साथै तपाईको नाम, फोन नम्बर र ईमेल ठेगाना पनि सहि भर्नुपर्ने छ । गिफ्ट कार्ड फेब्रुअरी २८ पछि, ईमेलमार्फत पठाईने छ ।

यो सर्वेक्षबाट प्राप्त डाटाको अध्यानबाट नेपालीहरुको रोजगारी तथा जिवनस्तर सुधारका लागि पहल गरिने छ ।

सर्वेक्षणमा सबभागी हुन यबाँ क्लिक गर्नुहोस्

( यो स्पोन्सर कन्टेन्ट हो,यस सर्वेक्षणको सम्पूर्ण जिम्मेवारी तथा सर्वेक्षक कम्पनीले बहन गर्ने छ । )

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार