{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1613085478673","source":"other"}

जापान । फेब्रुअरी ११ तारिख बिहिबार जापानभर एकैदिन १ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा केहि कमी हो ।

बिहिबार एकैदिन ७८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ भने, गम्भीर बिरामीहरुको संख्या ७ सय १३ जनामा झरेको छ । फेब्रुअरी महिना सुरुवातदेखि जापानमा कोभिड संक्रमण नियन्त्रणोन्मुख देखिएको छ ।

बिहिबार – टोकियोमा ४३४ जना,खानागावा केनमा १७८ जना,साईतामा केनमा १७२ जना,ओसाकामा १४१ जना र फुकुओका केनमा ११० जनाको उच्च संक्रमण सहित ४७ मध्ये ४१ ओटा प्रान्तहरुमा संक्रमित पुष्टि भएका हुन् ।

जापानमा हालसम्म ४ लाख १२ हजार ६ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमित मध्ये ३ लाख ७६ हजार १ सय १३ जनाले स्वास्थ्य लाभ गरेका छन् भने ६ हजार ८ सय १७ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार