{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1613997979027","source":"other","origin":"unknown"}

जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) जापान च्याप्टरले २ दशक लामो जापान अनुभवलाई सँगाली स्वदेश फर्कन लाग्नुभएका सँस्थाका पूर्व अध्यक्ष तथा संरक्षक बेलुकाजी थापाको बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

सँस्थाका अध्यक्ष गिरिजा गैह्रेको संयोजकत्वमा भर्चुअल रुपमा फेब्रुअरी २१ तारीक आईतबार गरिएको बिदाई कार्यक्रममा सँस्थाका पूर्व अध्यक्षहरु,संरक्षकहरु,सल्लाहकारहरु कार्यसमिति परिवार,आजीवन सदस्यहरु बोर्ड अफ ट्रष्टीका सदस्यहरु, पत्रकारहहु संगै विभिन्न सँघ-सँस्थाका पदाधिकारी तथा अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान सहित सुरुवात भएको कार्यक्रम सँस्थाकी उपाध्यक्ष सुमीत गिरीको स्वागत मन्तव्य,सदस्य डा. वैकुण्ठ भट्टको प्राविधिक संयोजन तथा महासचिव रविन शर्माको सन्चालनमा सम्पन्न भएको थियो । उपस्थित व्यक्तित्वहरुका केही साहित्यिक सृजनाहरुले कार्यक्रम साहित्यमय तथा अझ रोचक पनि बनेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुले संरक्षक बेलुकाजी थापालाई शुभ यात्राको कामना सहित उज्ज्वल भविष्यको कामना गर्दै, जापानमार् रहँदा, जापानस्थित नेपाली समुदायकालागि उहाँले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै थापाले – आफ्नो सर्वप्रिय सँस्था अनेसास जापानका प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उपस्थित सबैजनामा आभार प्रकट गर्नुभएको थियो । सोही सन्दर्भमा उहाँले २ दशक लामो समयको अनुभव सहित भविष्यमा स्वदेशका लागि आफुले सुरु गर्न चाहेको केही योजना पनि सुनाउनु भएको थियो ।

अन्त्यमा आफ्नो व्यक्तिगत तथा कार्यसमिति परिवारको तर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैजनामा धन्यवाद ज्ञापन तथा संरक्षक थापाको  आगामी यात्रा सफलताको शुभकामना सहित सँस्थाका अध्यक्ष गिरिजा गैह्रेले कार्यक्रम समापन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार