टोकियो/जापान ।ओसाका, क्योतो, ह्योगो,आईची र गिफु केनमा हाल कायम आपतकालिन् अवस्था यो महिनाबाट हटाईने भएको छ । मार्च ७ तारिखसम्मका लागि घोषणा गरिएको भएता पनि, तोकिएको समय अगावै कोरोना संक्रमण नियन्त्रणको दायरामा आएको भन्दै प्रान्त सरकारले आपतकाल हटाउनका लागि अनुरोध गरेपछि केन्द्र सरकार र विज्ञहरुको विश्लेषण पछि ति प्रान्तहरुमा आपतकाल निर्धारित समय अगावै हटाउन लागिएको हो ।ति प्रान्तहरुमा आपतकालिन् अवस्था हटाउने बारे औपचारिक घोषणा भने आज गरिने बताईएको छ ।

फुकुओका प्रान्तले पनि आपतकाल यहि भित्र हटाउन अनुरोध गरेको छ । यद्यपी फुकुओकामा दैनिक थपिने संक्रमितहरुको संख्या र अस्पत्तालहरुमा कायम भार लगायतका विषयमा थप अध्ययन गरी निर्णय गरिने जनाईएको छ ।

यसका अलवा अत्यधिक जनघनत्व रहेको टोकियो, साईतामा, चिबा र खानागावा केनमा भने अझै दैनिक १ जनाभन्दा बढी संक्रमित देखिईरहेका छन् भने गम्भीर बिरामीहरुको संख्या पनि अझै उच्च नै रहेको छ । त्यसैले यि क्षेत्रहरुमा भने कम्तिमा मार्च ७ सम्म आपतकाल कायम रहने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार