टोकियो/जापान । कहिले जापान जान पाईएला भनेर हातमा सिओई लिएर बसेकाहरुले थप प्रतिक्षा गर्नुपर्ने भएको छ । जापान सरकारले नव प्रवेशी विदेशीहरुको आगमनमा पुन प्रतिबन्ध लम्ब्याएको छ । टोकियो ओलम्पिक नजिकिदैं गर्दा संक्रमण नबढोस् भन्ने उदेश्यले तत्काललाई विदेशीहरुको प्रवेश प्रतिबन्ध यथावत् राखेको हो । बहुप्रतिक्षित टोकियो ओलम्पिकको टर्च रिले यहि मार्चको अन्तिमबाट सुरु हुँदैछ ।यस पटक जापानले खास गरी नयाँ प्रकारको कोरोना भाईरस देखिएका मुलुकहरुलाई मात्र प्रतिबन्ध गरेको हो । त्यसैले नयाँ प्रकारका कोरोना भाईरसको संक्रमण नदेखिएका मुलुकबाट भने नव प्रवेशीहरुले पनि आउन पाउने छन् ।
चीन, दक्षिण कोरिया, सिंगापुर र भियतनाममा कोरोनाको नयाँ प्रकार देखिएकोले व्यवसायिक यात्राको छूटमा समेत स्थगन कायमै राखेको छ ।
जापान सरकारले गत डिसेम्बरको अन्त्यबाट विदेशीहरुको नयाँ प्रवेश( पहिलो पटक जापान आउन) रोक लगाएको थियो । जापानमा दोस्रो पटकको आपतकाल कायम हुँदै गर्दा, अन्य मुलुकहरुमा एकदमै छिटो फैलने कोरोनाको नयाँ प्रजाती देखापरेसंगै गत जनवरी १४ तारिखबाट मा ११ ओटा देश र क्षेत्रका व्यवसायिक यात्रा छूट पाएका यात्रीहरुमाथि समेत पनि रोक लगाइएको छ ।
जापानले अहिले आवासीय अनुमति भएकाहरुलाई प्रवेशमा नयाँ प्रवेश खुल्ला गरिरहेको छ । यद्यपी उनिहरु माथी पनि क्वारेन्टाइन नियम भने थप कडा बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




