टोकियो/जापान । महानगर क्षेत्र तथा कान्साई क्षेत्रका जेआर तथा अन्य निजी रेल कम्पनीहरुले आजबाट आफ्नो अन्तिम रेल सेवाको समय साविकको तुलनामा समयोजन गरेका छन् । कामबाट अन्तिम ट्रेनमा घर फर्कने गर्नुहुन्छ भने आफुले चढ्ने ट्रेनको अन्तिम समय हेर्नुहोला ।

कोरोना भाईरस संक्रमणका कारण राती अबेर घर फर्कने यात्रुहरुको संख्यामा आएको गिरावट तथा कोरानाको प्रभावस्वरुप रेलमार्गहरुको निरिक्षण गर्ने कर्मचारीहरुको संख्यामा भएको कटौती तथा त्यस क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई काम गर्ने वातावरणमा सरलीकृत गर्ने उदेश्यले जेआर तथा अन्य निजी कम्पनीहरुले आज रातीबाट अन्तिम रेल छुट्ने समय साविकको तुलनामा अघि सार्ने निर्णय गरेका हुन् । त्यसो त यो एक्कासी गरिएको निर्णय भने होईन यस अघिनै ( ६ महिना अघिदेखि) यसबारेमा सर्वसाधारणमा सुचना जारी गरिएको छ ।

यस समायोजन अनुसार,जेआर ईस्टले ताकाशाकी लाईन र ओमे लाईनका ट्रेनहरु साविकको समय भन्दा ३७/३७ मिनेट चाँडै छुट्ने जनाएको छ ।संसंगै टोकियो महानगर भित्रका यामानोते तथा चुओ लाईनका साथै अन्य १८ ओटा लाईनहरुमा पनि यसै गरी समय समायोजन गरिएको छ । आफ्नो रुटको ट्रेनको समय चेक गर्नुहोला ।

यसका साथै मुख्य ७ निजी रेलवे कम्पनीहरुमा टोकियो मेट्रो,सेईबु ,तोबु,ओदाक्यु,तोक्यु तथा सागामी रेलवे कम्पनीहरुका सेवा पनि अगाडी सर्नेछ । यद्यपी केईक्यु र केईसेई लाईनमा भने आउँदो २७ मार्चबाट समय समायोजन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार