
टोकियो/जापान । टोकियो, चिबा, खानागावा र साईतामा केनमा हाल कायम आपतकालिन् अवस्था तोकिएको समय ( २१ मार्च) मै हटाईने भएको छ । यस अघि मार्च ७ तारिखसम्मका लागि कायम गरिएको आपतकाल कोरोना भाईरस संक्रमण नरोकिएपछि २ साता थप गरि यहि मार्च २१ तारिखसम्म कायम गरिएको छ ।
आपतकालिन् अवस्था थप गरिएता पनि दैनिक कोरोना संक्रमित तथा अस्पत्तालमा भर्ना भई उपचाररत बिरामीहरुको संख्यामा खासै सुधार नआएको अवस्थामा आगामी २१ तारिख पनि आपतकाल हट्ने हो या होईन भन्ने आम दुविधामा रहेको बेला सरकार मार्च २१ पछि फेरि आपतकालिन् अवस्था थप नगर्ने मनस्थितिमा पुगेको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् ।
शनिबार राती सानकेई पत्रिकाको अनलाईन संस्करणमा प्रकाशित समाचारका अनुसार,मन्त्रिपरिषद सचिवालयले यहि ११ मार्चमा आपतकालिन् अवस्था थप गर्नुअघि र त्यसपछिको अवस्थाबारे गरेको तुलनात्मक समिक्षाका अनुसार हाल आपतकाल कायम स्थानहरुमा पहिलेको तुलनामा अवस्था सुधार हुँदै आएको छ । टोकियो,चिबा,साईतामा र खानागावा केनका हस्पिटलहरुमा बिरामीको चाप झिनोमात्रामा भएपनि घट्दै गएको छ । आपतकाल थप्नुअघि टोकियोका हस्पिटलका बेडहरु ३० प्रतिशत भरिएका थिए भने अहिले २६ प्रतिशतमा झरेका छन् । त्यस्तै साईतामा केनका हस्पिटलहरुमा ४१ प्रतिशतबाट ४० प्रतिशतमा झरेको छ ।चिबा केनमा ४६ प्रतिशतसम्म भरिएका हस्पिटलका बेडहरु अहिले ४२ प्रतिशतमा झरेका छन् । खानागावा केनमा पहिले २८ प्रतिशत बेडहरु भरिएकामा अहिले २६ प्रतिशतमा झरेका छन् । यसरी सरसरी हेर्दा तुलनात्मकरुपमा हस्पिटलहरुको चाप घट्दै आएको छ । आपतकालिन् अवस्था हटाउनका लागि अस्पत्तालहरुको चाप कम्तिमा ५० प्रतिशत भन्दा कम हुनुपर्ने मापदण्ड बनाईएकाले अहिलेको अवस्था हेर्दा सबै क्षेत्रमा मापदण्ड पुगेको देखिन्छ । यसका अलवा दैनिक संक्रमितहरुको संख्या पनि बिस्तारै घट्दै गएको छ ।यि सबै आधारहरुको विश्लेषण पश्चात सरकारले आगमी २१ तारिखबाट आपतकाल हटाउने तयारी गरेको बुझिएको छ । समाचारहरुमा जनाईए अनुसार यहि १८ तारिख कोरोना नियन्त्रण मुख्यालयका विज्ञहरुसंगको बैठक पछि यसबारे औपचारिक निर्णय सार्वजनिक गरिने छ ।
सरकार, एकैतिर आपतकालिन् अवस्था हटाउने तयारी गरिरहेको छ भने अर्को तिर, नयाँ प्रकारको कोरोना भाईरस संक्रमणको फैलावट, उच्च जनघनत्व सहितका सहरहरुमा हुने मानिसहरुको जमघट , नरोकिएको कोरोना संक्रमण र नजिकिँदो ओलम्पिकका कारण थप तनावपूर्ण अवस्थामा देखिन्छ ।त्यसैले आपतकालिन् अवस्था हटाईएपछि कोरोना संक्रमण नियन्त्रणका लागि कस्ता उपायहरु अप्नाउने भन्ने कुरा महत्वपूर्ण रहने भन्दै सरोकार वालाहरु छलफलमा केन्द्रिन हुन थालेका छन् ।
यसैविच केहि विज्ञहरुले खासगरी टोकियोमा आपतकालिन् अवश्था तत्काल हटेमा फेरि केरोना संक्रमण भयवह हुनसक्ने भन्दै चेतावनी पनि दिईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




