टोकियो/जापान । जापानमा अप्रिल महिनाबाट सबै प्रकारको बस्तु तथा सेवाको मूल्य सूचीमा कर सहितको मूल्य राख्नुपर्ने भएको छ । हालसम्म जापानका अधिकांस वस्तु तथा सेवाहरुमा करबाहेकको मूल्य सूची टास्ने चलन रहेको छ । यसले उपभोक्तालाई वस्तु तथा सेवाको मूल्य थाह पाउन झण्जट हुने गरेको थियो ।

सरकारको यस प्रकारको निर्णयले उपभोक्ताहरुलाई आफुले तिर्नुपर्ने वास्तविक रकम बुझ्न सहज हुनेछ भने, व्यवसायी तथा वितरकहरुलाई भने,हालको मूल्यमा कर जोडेर मूल्य लेख्नुपर्ने हुँदा,कार्यगत झण्जट थपिईनुका साथै व्यापार बढेको देखिने हुँदा अडिटिङ सम्मको तनाव थपिईने छ । सन २०१३ मा( जतिखेर जापानको साविकको कर ५ प्रतिशतबाट बढेर ८ प्रतिशत भएको थियो) विशेष कानुनलाई टेकि,वस्तु तथा सेवाको मूल्य लेख्दा, करबाहेक लेख्न सकिने व्यवस्था कायम गरिएको थियो । जसले त्यतिखेर उपभोक्ताले तिर्नुपर्ने वास्तविक रकम ३ प्रतिशत बढेको भएपनि झट्ट हेर्दा करबाहेकको मूल्यमा मात्रै नजर पर्ने गरेको थियो ।तर सन २०१३ मा लागु गरिएको विशेष कानुनको अवधी मार्च महिनाबाट सकिदैछ । यो बिचमा फेरि कर वृद्धि भई १० प्रतिशत कायम भईसकेको छ ।

हाल बजारमा कर बाहेकका मूल्य चाहीँ ठूलो अक्षरमा लेखि करसहितको रकम चाहीँ सानो अक्षरमा लेख्ने तथा सकभर ग्राहकको नजर झट्ट नपुग्ने ठाउँमा सानो अझरमा उल्लेखित मूल्य करबाहेक हो भनेर लेख्ने गरिन्छ । जसले सामान्य उपभोक्ताहरुलाई दुविधामा पार्ने गरेको छ । यद्यपी सरकारले अप्रिलबाट लागु गर्ने यो नियममा बारे, व्यवसायी तथा स्वयम उपभोक्ताहरुको पनि मिश्रित प्रतिकृया आएको छ । हाल कुनै पनि वस्तुको कर बाहेकको मूल्य लेखिने हुँदा उक्त वस्तु तथा सेवाको वास्तविक मूल्य र उपभोक्ता कर सहजै थाह पाईन्छ भने, करसहितको मूल्य लेखिँदा फेरि वस्तुको वास्तविक मूल्य सजिलै थाह नपाउने हुँदा अहिले व्यवस्था कायम भईदिए हुन्थ्यो भन्ने मत पनि देखिएको छ ।

जापान चेन स्टोर संघले गरेको एक अध्यायन अनुसार सन २००४ मा कर सहितको मूल्य कायम गर्दा, अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४.४ प्रतिशत व्यापारमा गिरावट आएको थियो । त्यसैले फेरि अप्रिलबाट कर सहितको मूल्य राख्दा व्यापारमा गिरावट आउने अनुमान गरिएको छ ।

यसरी,एक्कासी वस्तु तथा सेवाहरुमा कर सहितको मूल्य टाँस्दा साविकको भन्दा महंगो देखिने भन्दै केहि उत्पादकहरुले भने, मूल्यलाई केहि घटाएका छन् ।हालसम्म, जापानका चर्तित फेसन वेयर युनिक्लो र जियु एवं एनटिटि दोकोमो जस्ता कम्पनीहरुले मूल्य समायोजन गरिसकेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार