टोकियो,जापान ।बाग्लुङ्ग समाज जापानले आयोजना गरेको प्रथम रनिङ कप भलिबल प्रतियोगिता मार्च २६ तारिख शुक्रबार साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा गर्ने भएको छ । साथै मार्च २५ तारिख बिहीवार बेलुका ५ बजे सिनोओकुबो स्थित सोलमारी हलमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
खेलमा सहभागि हुनको लागि ४० हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रथम रनिङ कप प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुनेलाई नगद १ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुनेलाई नगद ८५ हजार ५ सय पच्पन्न येन प्रमाण पत्र,मेडल साथै ४ छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार द्वारा सम्मान गरिने तयारी रहेको कार्यक्रम संयोजक बिरोध चालीसेले जानकारी दिनुभएको छ ।
बाग्लुङ समाज जापानले नेपालको राष्ट्रीय खेल भलिबललाई जापानमा यस बर्षबाट रनिङ कपको रुपमा आयोजना गर्न लागेको हो । कार्यक्रमलाई चुस्त दुरुस्त बनाउन लागि परेको बताउदै यथासक्दो चाडो टिम दर्ता गर्न खेलकुद संयोजक बसन्त थापाले आह्वान गर्नु भएको छ । संस्थाका अध्यक्ष प्रेम कंडेलले छोटो समयमा आयोजना गरिएको कार्यक्रममा जापान बासी नेपालीहरुको सहयोगले कार्यक्रमको अन्तिम तयारी गर्न पाउदा खुशी महसुश भएको जानकारी गराउदै कार्यक्रमका दिन समयमै उपस्थित भैईदिन अनुरोध गर्नु भएको छ ।
टिम दर्ता वा केहि आवश्यक परेमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ । बिरोध चालिसे 08076514657, प्रेम कँडेल 08032428235 ,बसन्त थापा 08044736183, केशव सुबेदी 090 6744 3217 मा सम्पर्क गरि टिम दर्ता गर्न अनुरोध समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




