खानागावा/जापान ।जापानको खानागावा केन स्थित,कामाकुरा सहरमा पोस्ट बक्स( पत्र मन्जुषा)मा फोहोर हालेको अभियोगमा एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ ।

यहि साताको सोमबार कामाकुरा वार्डको सिटी हल परिसरमा रहेको पोस्ट बक्समा, बेन्तो( खाजा/खाना)खाएर,उक्त बेन्तो बक्स लगायतका फोहोर, नजिकै रहेको पोस्ट बक्समा खसाल्दै गर्दा, बेलायती नागरिक ३७ वर्षिय एन्थोनी तानाकालाई प्रहरीले रंगेगात पक्राउ गरिएको हो ।

उनलाई फोहोर व्यवस्थापन नियम उल्लंघन गरेको अभियोगमा पक्राउ गरिएको छ । यस नियमको उल्लंघन गर्नेलाई जापानमा ५ वर्षसम्म जेल र ५ लाख येनसम्मको सजाय हुनसक्छ । प्रहरीले पक्राउ गरेपछि, एन्थोनीले त्यहाँ वरपर वरी फोहोर फाल्ने भाँडो नदेखेको र त्यो नै फोहोर फाल्ने ठाउँ होला भन्ने सोचेको बताएका छन् । यद्यपी जापानको पोस्ट बक्समा अंग्रेजीमा प्रस्ट देखिने गरि ‘POST’ लेखिएको हुन्छ भने संकेत चिन्ह पनि राखिएको हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार