टोकियो/जापान । आपतकालिन् अवस्था हटेपछि, मानिसहरुको आवात/जावतमा भएको वृद्धिसंगै जापानमा फेरि अर्को महामारी झेल्नुपर्ने सम्भावना रहेको सकोकारवालाहरु बताएका छन् । बकोरोना भाईरस संक्रमण नियन्त्रण संयन्त्र अन्तरगतको बिहिबार बसेको मनिटरिङ बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

आपतकालिन् अवस्था हट्नु र जापानभर साकुरा फुल्ने समय तथा विद्यालय,विश्वविद्यालयहरुको दिक्षान्त समारोहरुको समय संगसंगै परेकाले फेरि मानिसहरुको चहलपहल ह्वात्तै बढेको छ । मानिसहरु पर-पर बाटा भएपनि साकुरा( चेरी)को फूल हेर्न तथा साथी/भाई आफन्त भेटघाटका लागि सहभागी हुन थालेका छन् । जसले आपतकाल हट्ने वित्तिकै देशाभर फेरि नयाँ संक्रमितहरु बढ्न थालेको छ ।

विश्वभर माहमारीको रुप लिँदैगर्दा, पूर्ण सुरक्षित रहेको जापान, पछिल्ला समय संक्रमण नियन्त्रणमा कमजोर देखिँदै आएको छ । क्रिसमस तथा नयाँ वर्षसंगै तेस्रो चरणको कोरोना महामारीमा फसेको जापान फेरि चोथौ महामारीमा फस्ने प्रति विज्ञ तथा सरोकालवाला सरकारी निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।

टोकियो, चिबा, साईतामा र खानागावा प्रान्तहरुमा आपतकालिन् अवस्था हटाउँदा भन्दा अहिले अवस्था धेरै बिग्रीसकेको छ । अस्पत्तालहरुमा फेरि बिरामीहरुको चाप बढ्न थालेको छ । यसका अलवा अन्य प्रान्तहरुमा पनि सोहि प्रवृत्ती देखिएको छ ।

यद्यपी, सरकारले आपतकालिन् अवस्था हटाएपनि, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, होटल रेस्टोरेन्टहरुको व्यवसायीक समय छोट्टाउन,हानामी तथा दिक्षान्त पार्टीहरुमा सहभागी नहुन, आम नागरिकहरुलाई अनुरोध गरिरहेको छ । सरकारको यो अनुरोधले मात्रै खासै संक्रमण नियन्त्रणमा नआउने संकेत देखिएको छ ।

अब के गर्ने त ?
सरकार तथा यसका सरोकारवाला निकायहरुले चासो लिने तथा त्यस अनुसारको काम कर्तब्य त गरिहाल्छन् । तर तपाई हामी सबै( जो जापानमा छौँ)ले आफैँ सजगता अप्नाउन जरुरी छ । भिडभाडमा नजाने तथा अनावश्यक हिँडडुल नगर्ने, मास्क लगाउने, सेनिटाईजिङ गर्ने, सकभर सार्वजनिकरुपमा धेरै मान्छे जम्मा गरि कुनै कार्यक्रमहरु नगर्ने जस्ता विगतका व्यवहारहरुलाई कायन राख्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार