टोकियो/जापान । बिहिबार(२५ तारिख) साँझ टोकिकोको ओता वार्डमा अवस्थित एक रसायनिक उपकरण निर्माण कम्पनीमा बिस्फोट हुँदा १ जनाको निधन भएको छ भने १ जना घाईते भएका छन् । यसरी उक्त दुर्घटनामा परि निर्माणस्थलमा रहेका ५० वर्षिय पुरुषको मृत्यु भएको हो भने अर्का ८० वर्षिय वृद्ध मानिस घाईते भएका हुन् ।

प्रहरीका अनुसार करिब ४ बजेर ४५ मिनेट जतिको समयमा ओता वार्डको कुगाहारामा रहेको रसायनिक उपकरण बनाउने कम्पनीमा बिस्फोट भएको खबर आएको थियो ।त्यसपछि महानगरीय प्रहरी तथा अग्नि नियन्त्रकहरु पुग्दा, उक्त कम्पनीको पहिलो तलाबाट सेतो धुँवा आईरहेको थियो भने झ्यालका सिसाहरु फुटेका थिए ।

घटनास्थल नजिक रहेका मानिसहरुका अनुसार साँझ करिब ५ बजेतिर विष्फोटनको आवाजसंगै ग्यासको गन्ध पनि आएको थियो । उक्त दुर्घटना कसरी भयो भन्नेबारे अझै पत्ता लागेको छैन ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार